कङ्ग्युर (त्रिपिटक ग्रन्थ) महापूजा सम्पन्न

dhunche

गोसाँईकुण्ड गाउँपालिका वडा न  ६ धुन्चेमा प्रत्येक ५ वर्षमा गरिने कङग्युर (त्रिपिटक ग्रन्थ) महापूजा आइतबार सम्पन्न भएको छ ।

टुल्कुछोलिङ गुम्वा समितिको आयोजनामा चौथौ अवतारी टुल्कु लामा सोनाम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गाेम्बाका प्रमुख लामा नुर्वुछोवाङ लामाद्वारा विधिवत रूपमा पूजा आजा गरी विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणको कामना गरिएको थियो ।

नौ दिनसम्म हरेक ५ वर्षमा गरिने महापूजामा गोसाईकुन्ड गाउँपाभित्रका सम्पूर्ण लामाहरूले सहभागिता जनाएको  वडा अध्यक्ष तथा  समितिका अध्यक्ष दावासिंदार घलेले वताए ।

आज २ गते प्रमुख लामाबाट प्रवचन र वाङ ( आयु अभिशेक) प्रदान गरी समापन गरिएको हो  ।    याे  विश्व शान्तिकाे कामना गर्दै स्थानीयकाे व्यापक जनसहभागितामा  पूजा अवधिभर पद्मसम्भव, तारा डोल्मा पूजा र मन्त्राेच्चारण पूजा पाठ गरिएको थियो ।

Comments

comments