कति प्यारो रहेछ हाम्रो गाउँ

96723625_462552687879325_2912064341530378240_n

शिव न्यौपाने

कति प्यारो रहेछ हाम्रो गाउँ अनि कति सुन्दर रहेछ हाम्रो गाउँ, अनि कति सुरक्षित पनि रहेछ हाम्रो गाउँ । हिमाल पहाड तराइ कोही छैन पराइ, आज आएर पराइ र दुश्मन कोरोना भाइरस भएको छ । हे कोरोना तिम्ले गर्दा आज कति छोरा छाेरीहरुले गाउँ सम्झिए । आमा बुबा बिरामी हुदा भेट्न आउन नपाउने छोरो आज कोरोनाले गर्दा आमा बुबा भेट्न गाउँ आएको छ । बाउ आमा मर्दा किरिया गर्न आउन नभ्याउने छोरो आज गाउँ आयेको छ । शहरमा छोरो भेट्न जादा पाखे सासू भन्ने बुहारी आज गाउमै आएकी छिन । शहरमा ग्यास र करेन्टमा खाना पकाइ रहेको बानी आज गाउमा आएर दाउरामा फु फु गर्दै धुवाँ नै धुवामा खाना पकाउदै छिन बुहारी । त्यसैले मलाइ लाग्छ कति प्यारो रहेछ हाम्रो गाउँ । अनि कति सुन्दर छ हाम्रो गाउँ । अनि कति सुरक्षित छ हाम्रो गाउँ । शहरमा साबुन पानीले हात धुन पनि गार्हाे छ। किनकी शहरमा पानीको अभाव छ । पैसा हुनेलाई पनि रासन,ग्यासको पनि अभाव भएको छ ।

यो सबै समस्याको समाधान हाम्रो गाउँले गर्छ । बिदेशबाट रोगको संक्रमण सिधै गाउँ आउन सक्दैन । यो कोरोनालाई पनि सिधै गाउँ छिर्न डर लाग्दो रहेछ । किनकी गाउँमा अर्गानिक खानेकुरा पाइन्छ । तर शहरमा अर्गानिकको नाम मात्र सुनिन्छ । रोगलाई पनि जहाँ नरम त्यहाँ घुस्न सजिलो हुदो रहेछ । अनि जहाँ धेरै ब्यक्तिहरुको भिड् लाग्छ त्यतै छिर्न मन लाग्दो रहेछ । गाउँमा त्यस्तो भिड कतै हुन्न । स्वच्छ हावा स्वच्छ पानी स्वच्छ वातावरण छ गाउँमा । स्वच्छ ठाउँ रोगलाई मन पर्दैन । जहाँ दुषित वातावरण छ त्यहाँ रोगको बास हुन्छ । त्यसैले रमाउन र कमाउन शहर पस्नु । शहरमा दुर्गन्ध र रोग फैलिए पछि बाच्नको लागि सुरक्षा खोज्दै गाउँ पस्नु । त्यसैले म भन्छु कति प्यारो छ है हाम्रो गाउँ । अनि कति सुन्दर छ है हाम्रो गाउँ । अनि कति सुरक्षित पनि छ है हाम्रो गाउँ ।

उत्तरगया – ४ कर्मिडाडा, रसुवा

Comments

comments