कथा-व्यथा हाकुको

Hem pp

हेमनाथ खतिवडा
धेरैपटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौँ। क्यानाडाको थम्सन रिभर युनिभसिर्टीबाट अएको अध्ययनटोलीसँग यात्रा भयो। तीन सदस्यीय टोलीले भूकम्पपछि हाकुका बिस्थापितहरूको अवस्थाबारे अनुशन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा। बाला, क्यानडाका प्रोफेसर जेफ मोर र वातावरणविद् सिजल पोखरेल थिए।

उतिबेला तिब्बतबाट आएर बस्ती बसालेको भन्ने भनाइ छ हाकुमा। पुस्तौँ तीस पुस्ता अगाडिदेखि बसोबास सुरु गरिएको स्थानीयको अनुमान छ। त्यहाँका नाङ्गा भिरालापाखा समथर पारेर घर बनाउने, खनजोत गरेर खेती गर्न थालिएको वृद्धवृद्धा सुनाउँछन्। सुरुमा ठूलोहाकुमा जम्मा ५ र६ घर बसोबास थियो। जनसंख्या बढ्दै गएपछि सानो हाकु, हाकुबेसीलगातका ठाउँमा पनि बाँढिएर बस्न थालेका हुन्। ९२ वर्षपहिले हाकु गाविसको २ देखि ७ वडासम्मको गर्दा जम्मा २५ वटामात्र घर थिए।

बस्ती बसिसकेपछि काठमाडौँको स्वयम्भुका लामाहरू त्यहाँ पुगे। गाउँका मुखियाहरूसँग मिलेर त्यहाको जमिन स्वयम्भु पुरानो घ्याङ गुठीको नाममा दर्ता गरिएको सुइँको पाएका थिए। गुठीमा राखेर पाठपूजा चलाउन मद्दत हुने र धर्म हुने भनेकाले उनीहरूले पनि यसबाट कठिनाइ महसुस गरेनन्। कालान्तरमा जतिबेला विकास क्रमसँगै स्वामित्वको कुरा आयो, त्यसपछि उनीहरू अप्ठ्यारोमा परे। २०३४र०३५ सालमा जग्गानापी भयो। उत्पादन गर्ने र त्यसबाट कुत उठाइ काठमाडौँका लामाहरूलाई पठाउने गरेको र यो प्रथा २०४६ सालसम्म कायम रहेको भनाइबूढापाकाको थियो। हाकुका किसानले कुतका रूपमा लामा तथा तत्कालीन समयका मुखियाहरूलाई धान, चामल, केरा तथा अन्य फलफूल, मासुलगायत नगद पैसा पनि बुझाउनु पथ्र्यो। तीबाहेक वार्षिक घ्याङ गुठीलाई १ घरी केरा,रक्सी, ९ मुरी धान अन्न बुझाउनु पथ्र्या। गुठीमा लगेर कुत बुझ्ने लामाहरू छेजुकुस्सो लामा, अष्टबहादुर र काल्साङ लामा थिए। अन्दाजी २७ पुस्ता अगाडिदेखि बसोबास र खेतीपाती गरेको अनुमान छ यहाँ।

रसुवाको यो हाकुमा शतप्रतिशत तामाङ जाति बस्छन्। समग्र भूगोल भिरालो छ। प्रायः एकै ठाउँमा मानिसको झुरुप्प परेको बस्ती छ। ठूलो हाकुमा सबै घर एकापसमा जोडिएर बनेकाले भूकम्पको समयमा एक घरमा आगलागीहुँदा धेरै घरले क्षति बेहोर्नुपरेको सुनाउँछन् स्थानीय। अधिकांश मानिस बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तामाङ जातिको विशिष्ट प्रकृतिको जीवनशैली, संस्कृति भेषभूषा र कलाको धरोहरका रूपमा चिनिन्छ हाकु। धामी झाँक्री नाँच, मेला पर्वहरूलाई प्राचीनकालदेखि नै निरन्तरता दिइएको छ। कृषिजन्य उत्पादन आलु, सिमी, जौ, फापर, कोदो, मकै जस्ता परम्परागत खेती प्रणाली अंगालेका कारण आर्थिक जीवनस्तरमा परिवर्तन आउन सकेको छैन्। केहीले काउली, बन्दा, मुला, टमाटर जस्ता तरकारी खेती सुरु गरेका छन् तर बजार भने छैन।

हाकुको कुल क्षेत्रफल ५०।४९ वर्ग किमि छ। करिव ७।८४ प्रतिशत जमिनमात्र खेतीयोग्य छ। अन्य जमिनमा १।४४, वर्ग किमी झाडीक्षेत्र, ३४।२६ वर्ग किमि, सामुदायिक वनले ढाकेको छ भने ५।७४ वर्ग किमि घाँसे मैदान, ०।८६ वर्ग किमि खेर गएको जमिन र ०।३५ वर्ग किमि जमिन पानीको भागले ओगटेको छ। बृढापाका तथा इतिहास जान्नेहरूको भनाइमा यस ठाउँको ऐतिहासिकता रोमाञ्चक छ। ठूलोहाकुमा बस्ने ९८ वर्षिया क्रिन्गेल लामाका अनुसार धेरै वर्षअगाडि भक्तपुर जिल्लाका नेवारहरू व्यापारको सिलसिलामा घुम्दै आउँदा यस ठाउँको माटोे र पूरै जंगल कालो देखेरहाकु ९नेवारी भाषामा कालोलाई हाकु भन्छन्० नाम राखिदिएका हुन्।उनले गाउँ अवलोकन गरी आफ्नै भाषामा कालोगाउँ भनेर नाम राखेछन् र पछि हाकु भन्न थालियो भन्ने भनाइ छ।

नागरिक दैनिकबाट

Comments

comments