रसुवा, साउन १५ गते । गोसाईकुण्ड गाउँपालिका वडा नं ५ याङयाङ खोलामा एक कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेर दुर्घटनामा ३ घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । गोसाइँकण्ड गाउँपालिका– ६ धुन्चेका ३२ वर्षीय माइते तामाङ, ३५ वर्षीय साङ्गे लामा र रामे विक रहेको जिल्ला पहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका धुन्चेका २७ वर्षीय नरेश मल्लको जिल्ला अस्पताल धन्चेमा उपचार भइरहेको छ । चारैजना जिल्लाको स्याफ्रु रहेको तातोपानीमा नहाउन जाने क्रममा धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको थियाे । घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले घटनास्थलतर्फ स्वास्थ्यकर्मी टोली समयमै पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Related Posts
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
- मनकारी”मिरा”
- नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
- दुवै मृगौला समस्या उपचारमा सहयोगको लागि खनाल परिवारकाे अपिल
- ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
- नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित