कम्युनिष्टको सिर उचो पार्ने पार्टी एमाले नै हो : पाण्डे

Rasuwa uml

रसुवा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेपालमा कम्युनिष्ट पार्टीको सिर उचो बनाउने नेकपा एमाले भएको बताउँनुभयो ।Rasuwa uml

नेकपा एमाले रसुवाद्धारा आयोजित स्थानीय निकायमा जन निर्वाचित  पदाधिकारीहरुको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा पाण्डेले बहुदल ब्यवस्था आउने बित्तिकै काँग्रेसहरुले दुष्प्रचार गरी कम्युनिष्टहरुले बृद्धहरुको हत्या गर्छ भन्ने भ्रामक प्रचार गरेको तर पहिलो एमालेको सरकारले बृद्धहरुको सम्मान गरी सामाजिक सुरक्षा भत्ता दिन सुरु गरी नेपालमा कम्युनिष्ट पार्टीहरुको सिर उचो बनाएको बताउँनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता निरन्तरता दिने मात्र नभई बढाउनेमा जोड् दिदै नयाँ संरचना अनुसार सिंह दरवारको सेवा गाउँबाट हुने भनिए पनि अहिले नै बजेट गाउँमा नआएकोले पाँच वर्षमा सोचे अनुसनर विकास हुन नसक्ने बताउँनुभयो ।

जिल्लाभर गाउँ पालिका प्रमुख २ उपप्रमुख ५ वडा अध्यक्ष र सदस्यहरु गरी ६७ जना तथा रसुवाकी चेली किर्तिपूर नगरपालिकामा उपप्रमुख विजय भएकी सरस्वती रिजाल खडकालाई समेत धुन्चेमा एक कार्यक्रमका बीच सम्मान गरिएको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष कन्र्याल लामा, सांसद जनार्दन ढकाल , छोवाङ तेन्जिन तामाङ जिल्ला कमिटी उपाध्यक्ष विष्णु देवकोटाले शुभकामना मन्तव्य दिनुभयो ।

पाँच गाउँ पालिकामा पाँचै उप प्रमुख एमालेका विजय भए  । जस मध्ये चार जना महिला रहेका छन् ।  uml Rasuwa

Comments

comments