करेन्ट लागेर एककाे मृत्यु

रसुवा, नौकुण्डमा गाउँपालिका -५ भोर्लेका २६ वर्षीय बुद्धिबहादुर तामाङजनाको करेन्ट लागेर ज्यान गएको छ ।

आफ्नै घरको चिम फेर्ने क्रममा आइतबार एक्कासी करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाईलाई एम्बुलेन्समार्फत नुवाकोटको त्रिशूली अस्पताल पु-याइएको थियो वडा अध्यक्ष घाेण्टे ग्यामदानले बताउनुभयाे। त्यहाँ उपचारका क्रममा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Comments

comments