कर्मचारी मिलन केन्द्र रसुवामा अन्जु ढुङ्गाना

Happy Anju Dhungana by Hem

धुन्चे, रसुवा

Milan kendra Rasuwa

शनिबार सम्पन्न कर्मचारी मिलन केन्द्रको अधिबेशनले महिला बालबालिका कार्यालय प्रमुख अन्जु ढुङ्गानालाई नेतृत्वको जिम्मा दिएको छ । यस अघि सुस्ताएको केन्द्रले हालसम्मकै ईतिहासमा सक्रिय महिलाको नेतृत्व पाएकोले गतिबिधी अघिबढ्ने विश्वास लिईएको छ ।
क्रियाशीलताले अस्तित्व जोगाउने हुनाले आगामी दिनमा भावी योजना तयार गरी केन्द्रले सक्रिय भुमिका निर्वाह गर्ने , सदस्यता खुल्ला गर्ने र विगतमा प्रकाशन आरम्भ गरी रोकिएको स्मारिका प्रकाशन निरन्तरता दिने ढुङ्गानले बताउनुभयो ।

केन्द्रका उपाध्यक्ष लीलानाथ नेपाल, सचिव विष्णु रिमाल, सहसचिव लुना गंगोल , कोषाध्यक्ष मिकमार तामाङ, सदस्यहरुमा क्रमश राजेश श्रेष्ठ, सूर्य खडका, प्रमेश विष्ट, निकुञ्ज श्रेष्ठ, मदन रेग्मी, भास्कर गौतम रहेका छन् ।

Comments

comments