कर्मचारी संगठनको संयुक्त भेला सम्पन्न

NIJA
रसुवा, चैत १५  गते , नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय कर्मचारी महासंघको संयुक्त भेला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ रसुवाको अध्यक्षमा जिल्ला समन्वय समितिमा कार्यरत लिलानाथ नेपाल निर्विरोध चयन हुनुभएको छ ।

भेलाले नेपालको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा नवराज न्यौपाने, महिला उपाध्यक्षमा ल्हाक्पाग्याल्जेन तामाङ, सचिवमा माधबप्रसाद देवकोटा, सहसचिवमा उत्सब पौडेल, कोषाध्यक्षमा रुपलाल ढकाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अनिस बिक, सरिता लामिछाने, होम परियार, त्रिभुवनसिंह घर्ती, ऋषि पौडेल, सन्तोष पाठक, जाहिरआलम, नसिबधामी र मोसालिमराहुत आलम छन् । त्यसैगरी, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रसुवाको अध्यक्षमा त्रिभुवनसिंह घर्ती निर्विरोध चयन हुनु भएको छ ।

संगठनको दोस्रो भेलाले घर्तीको नेतृत्वमा १३ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मनिस बिक, सचिवमा उत्सब पौडेल, सहसचिवमा सरस्वती रिजाल, कोषाध्यक्षमा जाहिर आलम छन् ।

सदस्यहरुमा रुपलाल ढकाल, गणेश गुरुङ, राहुल श्रेष्ठ, होमबहादुर परियार, सरिता लामिछाने, हर्कबहादुर तामाङ, नसिब धामी र राधिका पौडेल रहेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रसुवाको अध्यक्षता अजित पराजुली चयन हुनुभएको छ । संगठनको तेस्रो भेलाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा राजु बराल, सचिवमा नितेन्द्रकुमार सिंह, सहसचिवमा सन्तोष पाठक रहेका छन्  । त्यस्तै सदस्यहरुमा शिवराम पौडेल, राजेन्द्र अधिकारी, चेतप्रसाद भट्टराई, माधब पौडेल, पोषप्रसाद न्यौपाने र बिष्णु पौडेल रहेका संगठनले जानकारी दिएको छ ।

Comments

comments