कांग्रेसको महाधिवेशनमा भोजन तथा आवासमा अनियिमतता

NCP

काठमाण्डाै । नेपाली कांग्रेसको महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापनको जिम्मा पाएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले टेण्डर दिँदा अनुचित फाइदा लिएर अनियमितता गरेकाे गुनासो आएको छ ।

कोटेशन आव्हान गरिएकोमा सस्तो दरले खाना खुवाउँछु भनेकालाई नदिएर आफ्नो सेटिङमा भएका र धेरै कमिसन दिने पार्टी प्यालेसलाई दिएको रहस्य खुलेको छ । खाना तथा खाजा खुवाउने टेण्डर दियालो पार्टी प्यालेस र अनुपम फुडल्याण्डले पाएका छन् । स्रोतका अनुसार, दियालोमा पाण्डेको शेयर रहेको छ भने अनुपम उनको साथीको हो । स्काई दरवार बैंक्वेट, स्काई पार्टी प्यालेस र लर्ड प्यालेसलगायतलले पनि कोटेशन फारम भरेका थिए । स्काईका एकजनाले भने ‘कोटेशन मागेको थियो हामीले पनि फारम भरेका हौं, सस्तो मूल्य राखेका थियौं तर पाइएन’ उनले भने ‘ समितिको संयोजकको पनि लगानी भएको प्यालेस थियो अरे र साथीको पनि थियो त्यसैले पायो भन्ने सुनेको हो ।’ उनले अहिले भोजनको जिम्मा पाएको पार्टी प्यालेसले आफूले राखेको मूल्यभन्दा सस्तोमा नखुवाएको हुन सक्ने बताए ।

उनले खाजाको पनि मूल्य सामान्य राखिएको बताए । उनले बिहानको खानाको मूल्य ५ सय ८० र बेलुकाको ६ सय रुपिँयामा खुवाउन आफू तयार भएको बताए । यो मूल्यमा भ्याट जोडिने गरी उनले कोटेशन भरेका थिए । भोजन तथा आवास व्यवस्थापन समितिका एक सदस्यले खाना र खाजाको मूल्यबारे आफूलाई केही थाहा नभएको जनाए । याे अनियमितताले काे कहाँ पुग्ने हाे भने उचित छानविन हुनुपर्ने गुनासाे सहभागीहरूकाे छ ।

Comments

comments