काठमाण्डौबाट आएकाहरू बेत्रावतीमा अलपत्रकाे उद्धार, नाै कुण्डका धेरै हाेम क्वारेन्टाइनमा

IMG_0733

रसुवा, कोरोना भाइरस(कोभिड–१९) का कारण काठमाण्डौ लगायत बिभिन्न स्थानमा रहेकालाई जिल्ला ल्याउने क्रममा आइतबार आउनेहरु बेत्रावतीमा अलपत्र परे ।

बिहान चेकजाँच गर्ने नाममा लाम लगाएर साँझ काठमाण्डौबाट बसमा ल्याइएकाहरुबाट जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्न नदिन रसुवा नुवाकोट सिमानामा सुरक्षाले रोकेपछि रातभर उनीहरु अलपत्र परेका थिए ।

काठमाण्डौमा बसेका मानिसहरू हिजो साँझ बसमा लैजाने भनेर जिल्लाका प्रतिनिधीसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङलगायतले सामाजिक संजालमा सम्पर्क नं राखेर जिल्ला जानेले सम्पर्क राख्न भनेपछि आफुहरू आएको कालिका गाउँपालिका वडा नं २ का केशब बिकले बताए । उनले भने “फोन गरेर जाउँभनेपछि आइयो, रातभर अलपत्र परियो ।” नौकुण्ड गापा –५ का दिलमान घलेले भने यो विपदमा उद्धार गरेको राम्रो हो तर बाटोमै अलपत्र छाडेर भने बिजोक भयो ।IMG_0739

उता नौकुण्ड गाउँपालिका –३ का सुकुबहादुर घलेले भने गर्भवती, ३ हप्ताका बालक समेत रहेको रातभर भौकै बाटोमा रोकिएर बस्नुप¥यो केही खानपनि पाईएन । साँझ ३ सय ८० जना काठमाण्डौबाट पठाएको र पठाउनेहरूले पनि मोवाईल अफ गरे । मध्येरातमा अलपत्र परेको बेत्रावतीमा सोमबार बिहान भेटिएका धेरैले यस्तै गुनासो गरे । स्थानीय तहसँग समन्वय नगरीकन ल्याएकोले क्वारेन्टाईन व्यवस्थापनमा निकै समस्या परेको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारीले बताइन । । रातभर भोकै रहेकोले बेत्रावतीमा बिहान १० बजेसम्म अलपत्र भेटिएकाहरू जनप्रतिनिधीसँग स्थानीय तहका जनप्रतिनिधीसँग समन्वय गरेर गाउँपालिकाको क्वारेन्टाईनमा पुगेका छन् । कतिपयले क्वारेन्टाइनमा बस्नुभन्दा त काठमाण्डौंको कोठामा बस्न ठिक थियो भनेर भागेका छन् । आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले ६८ जनालाई काठमाडौबाट आफुसँगै लिएर आउनुभयो र आमाछोदिङमो गाउँपालिका –५ मा रहेको सरस्वती आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ । केही स्थानीय तहसँग समन्वय नगरी मानिसहरु ल्याएकोमा स्थानीय तहमा क्वारेन्टाईन व्यवस्थापन गर्न कठिनाई परेको थियो । गाउँले अलपत्र परेको खबर पाएपनि नौकुण्ड, कालिका, उत्तरगया गाउँपालिकाबाट जनप्रनिधीहरु बेत्रावती आएका थिए । त्यहाँ रहेका सुरक्षाकर्मीहरुसँग गाउँमा रहेको क्वारेन्टाईनमा राख्ने र कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमण हुनबाट बचाउन जनप्रतिनिधीले उनीहरुलाई बुझेर लगेका हुन् ।IMG_0734

तीन सय ८० जना मानिस जिल्ला भित्रिए । जसमा कालिका गाउँपालिका भित्रका ३४ जना आएको प्रहरीले जनाएको छ । कालिका गाउँपालिकामा ३४ जना भित्रिएकोमा २८ जना मात्र क्वारेन्टाईनमा पुगेका छन् । त्यहाँ यस अघि २४ जना थिए भने कुल ५२ जना रहेका छन् । उत्तरगया गाउँपालिकामा आज ६८ जना आएपनि वडा नं २, ३ र ५ मा रहेको क्वारेन्टाईनान गरी ४२ जनामात्र आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खडकाले बताए । त्यसैगरी गोसाँइकुण्ड गाउँपालिकामा आज २६ जना आएकोमा १८ जना क्वारेन्टाईनमा पुगे जम्मा ९२ जना रहेका छन् । त्यसैगरी नौकुण्ड गाउँपालिकाकमा १ सय ८९ जना भित्रिएकामा ५६ जनामात्र क्वारेन्टाईनमा बसेका छन् । त्यस्तै आमाछोदिङमो गाउँपालिकामा ६८ जना भित्रिएकोमा सवै क्वारेन्टाईमा पुगेका छन् त्यहाँ कुल ७७ जना रहेका छन् । कुल ३१९ जना जिल्लाभरको क्वारेन्टाईनमा रहेको छ । आज आएकाहरु ३८० जना मध्ये १७१ जना होम क्यारेन्टाइनमा रहेका छन् । जिल्लाका पाँच गाउँपालिकामा ३५२ बेड क्षमताको क्वारेन्टाइन रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । विपदको समयमा राहत र उद्धारका नाममा जनप्रतिनिधि र पार्टीका नेताहरु नै सस्तो लोकप्रियताको पछाडि दौडिएको भन्दै स्थानीयले पनि आलोचना गरेका छन् । यसअघि पनि राहत सामाग्री वितरणका नाममा लकडाउनको उल्लंघन हुने गरी भिडभाड बढाएको भन्दै जनप्रतिनिधिहरूको आलोचना भएको थियो । ‘उद्धारका नाममा राजनीतिक प्रचार र सस्तो लोकप्रियता कमाउने गरी रातारात काठमाडौँबाट ल्याएर बेत्रावतीमा रातभर अलपत्र भएकाहरुले आफै स्थानीय तहसँगको समन्वय गरेर लिन पुगेका थिए ।

गाउँले त्रसित सडक अवरुद्ध

आज आउनेहरु नौकुण्ड गाउँपालिकामा १ सय ३३ जना क्वारेन्टाइन बाहिर छन् । उनीहरूबाट संक्रमण बढ्न सक्ने त्रासमा छन् । नौकुण्ड गाउँपालिका वडा नं ५ मा १ सय १२ जना आएका छन् । सवैजना होम क्वारेन्टाइनमा बस्ने भनेपछि स्थानीय त्रसित भएर स्थानीयले नौकुण्ड आवत जावत गर्ने सडक बन्द गरेका छन् । संक्रमण बढनसक्ने त्रासले सडक अवरुद्ध परेको स्थानीय राजेन्द रानाले बताए । वडा अध्यक्षले पहल गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसकेको उनले बताए । फोनमार्फत रानाले गाउँमा कारोना संक्रमण बढ्न सक्ने आक्रोसित हुँदै भन्दै भने “जनप्रतिनिधीले किन मानिसहरु ल्याए किन क्वारेन्टाईन खोलेर राख्न सक्दैनन् ।” थोरै मानिस आउने होम क्वारेन्टाईमा राख्ने गाउँपालिका अध्यक्षसँग कुरा भएको तर जनता बेत्रावती आएपछि मात्र आफुले खबर पाएको बताए । अलपत्र ८१ जनालाई मानिसको उद्धार गरेर ल्याएको तर भोर्ले बसपार्कबाट सबैजना घरघरमा बस्ने भन्दै हिंडेको नौकुण्ड गाउँपालिका -५ का वडा अध्यक्ष घोण्डे ग्यामदानले बताए । स्थानीय बागेश्वरी माविमा क्वारेन्टाईन खोल्ने भन्दा भन्दै होम क्वारेन्टाईन बस्ने भन्दै सवै घरघर गएको उनले बताए । अलपत्रलाइ सडकमा छाड्न मिलेन समयमा गाउँपालिका अध्यक्ष र पठाउने माननियहरूसँग समन्वय हुन सकेकाे भए क्वारेन्टाइनमा राख्न सफल हुने ग्यामदानले बताए ।

कतै क्वारेन्टाइन, कतै हाेम क्वारेन्टाइन

क्वारेन्टाइनमा बस्ने नीतिकाे कतिपय गाउँपालिकाले पालना गराउन सकेनन् ।  जिल्लाको कालिका र गोसाइकुण्ड गाउँपालिकाले अलपत्र आफैले ल्याएर परेकाहरु क्वारेन्टाईनमा राखेको छ । सोमबार जिल्ला आउनेहरुलाइ पनि अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय अनुसार क्वारेन्टाईनमा राखेका छन् । उता उत्तरी आमाछोदिङमो गाउँपालिका आउने ६८ जनालाई गाउँपालिका अध्यक्ष बुचुङ तामाङले काठमाण्डौबाट सिधै ल्याएका सवैलाई आफ््नै गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखेका छन् । जिल्लामा अाएका मध्ये नाैकुण्डका १ सय ३३ जना र उत्तरगया २४ जना क्वारेन्टाइनमा नबसेकाे तथ्यांक छ । क्वारेन्टाइनमा बस्ने सरकारकाे नीति सवैले पालना नगर्दा काेराेना संक्रमण बढ्न सक्ने भयले गाउँमा त्रास फैलिएकाे स्थानीयकाे  गुनासाे छ । नाैकुण्डमा यस अघि पनि हाेम क्वारेन्टाइनमा रहेकाे र  सुरक्षित तवरले बस्ने विषयमा नीति पालना नगरेकाे समेत गुनासाे छ । नाैकुण्ड १ मा पनि क्वारेन्टाइनमा बस्ने नमानेर घरमा बसेकाे गुनासाे छ ।

Comments

comments