काठमाण्डौमा रहेका मजदुरलाई स्थानीय राहत

95096826_157460099041741_504234095467823104_n

रसुवा, बिभिन्न कामका लागि काठमाण्डौमा रहेका रसुवाका श्रमिकहरु तथा असहायलाई स्थानीय तहले बसिरहेको स्थानमै राहत प्रदान गरेको छ ।

रसुवाको कालिका गाउँपालिकाले काठमाण्डौमा रहेका असंगठित मजदुर तथा असहायका लागि ६५ जनालाइ पहिलो चरणको राहत बितरण गरेको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो । त्यहाँ बस्दै आएका मजदुरहरु कोरोना प्रभावका कारण भएको लकडाउनले नियमित काममा जान नपाएकोले खाद्यान्न राहत बितरण गरिएको काठमाण्डौबाट दिपक पौडेलले जानकारी दिनुभयो ।

त्यसैवीच नौकुण्ड गाउँपालिकाबाट बिभिन्न काममा राजधानी बस्दै आएका ३ सय ६० जना असंगठित श्रमिक तथा अशहायलाई पहिलो चरणको राहत बितरण गरेको छ । त्यसैगरी कालिका गाउँपालिकाले पनि राजधानीमा रहेका संगठित श्रमिक तथा अशहायलाई गरी ५३ जनालाई राहत प्रदान गरेको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो ।

त्यसैगरी नेकपा युवा नेता प्रदेश कमिटी सदस्य तेम्ब्रेल तामाङ र दिपक पौडेल मिलेर १ गरिब परिवारलाई खाध्यन्न सहयोग गरेका छन् ।

नौकुण्डा गाउँपालिका ५ चितिको मीन अगस्ती ६ परिवारलाई उनीहरुले सहयोग गरेका हुन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका परिवारलाई खाध्यन्न सहयोग गरेको हो । चामल, दाल, नुन, चिनी र अण्डा लगायत खाद्यान्न सामग्री काठमाडौं कोठामै पुगेर हिजो हस्तान्तरण गरेका थिए । यस्तो आपतको बेला कुनै पनि गरिब तथा विपन्न परिवारलाई सहयोग गर्न सधै तत्पर हुने उनीहरु बताउँछन् ।94597235_1863912337078442_5356541958686769152_n

Comments

comments