कालिका गाउँपालिकाकाे एम्बुलेन्स सेवा सुरु

ambulance 2

हेमनाथ खतिवडा
रसुवा,  नागरिकलाई आपतकालिन उपचार सेवाका लागि कालिका गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको छ । गाउँ सभाबाट पारित निर्णय अनुरुप खरिद भएको एम्बुलेन्स गाउँपालिका आईपुगेको हो ।

जिल्लामै एम्बुलेन्स अभाव भएपछि आपतकालिन उपचारका लागि अस्पताल लैजान नुवाकोटबाट एम्बुलेन्स मगाउनु अवस्था थियो । खोजेको समयमा नपाउने समस्या रहेकोले रसुवाको दक्षिणी क्षेत्रमा सेवा पु¥याउन एम्बुलेन्स अभाव भएको अवस्थामा एम्बुलेन्स सेवा सुरु भएको हो । दक्षिणी क्षेत्र जिल्लाकै धेरै जनघनत्व भएको वस्ती रहेको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकामा एम्बुलेन्स अभाव रहेको छ ।

हामीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिवद्धता अनुरुप पहिलो गाउँसभाबाट भएको निर्णय गरेका थियौं प्रक्रियागत रुपमाा केही ढिलो भएपनि एम्बुलेन्स सेवा सुरु भएको गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो ‘एम्बुलेन्स अभावले उपचारका क्रममा सुत्केरी गराउन , दुर्घटनामा परेका घाईते जस्ता बिरामी चाँढै अस्पताल लैजान नसकेका कारण बाटोमै मृत्यु हुने जस्ता दुःखद घटना हुने गरेकोले त्यसतर्फ मध्येनजर गर्दै आपतकालिन उपचार सेवाका लागि चाँढै अस्पताल पु¥याएर अकालमृत्यबाट बचाउन स्थानीयको आवश्यकताको आधारमा एम्बुलेन्स खरिद गरएको हो । ’

एम्बुलेन्सका लागि कुललागत ११ लाख ९ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । अक्सिजन सिलिन्डर तथा बेडलगायत व्यवस्थापन गर्न बाँकी रहेको छ । चालक व्यवस्थापनका लागि सूचना समेत गरिएको उहाँले बताउनुभयो ।

‘गाउँ पालिकाले गाडी किन्नका लागि निर्णय गरेर वजेट छुट्याइएको छ, उहाँले भन्नुभयो गाउँपालिकामा अत्यआवश्यक यस्ता अन्य सवारी खरिद गरेपछि मात्रै जनप्रतिनिधि चड्ने गाडी खरिद गर्छौँ ।’ साढे २७ लाख रुपैयाँको लागतमा फोहोर बोक्ने गाडी खरिद गरेको छ । स्क्याभेट खरिद गर्नका लागि पनि प्रक्रिया अघि बढाएको छ त्यसपछि जनप्रतिनिधिका लागि ४० लाख भन्दा कम मूल्यको गाडी खरिद गर्ने योजना रहेको उपाध्यक्ष न्यौपाने जानकारी दिनुभयो । जिल्लाका अन्य चारवटा गाउँपालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।
जिल्लामा उत्तरी क्षेत्रमा ठाडे प्रगतिशील युवा क्लव, चिलिमे, रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । जिल्लामा एम्बुलेन्सको कमी र शब बाहन नहुँदा समस्या भएको थियो ।
कालिका गाउँपालिकाको जिवजिवेमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । वर्षातमा पहिरोले सडक अवरुद्ध भएकोले त्यहाँसम्म बिरामी लैजान समस्या हुने गरेको छ । त्यस बाहेक राम्चेमा रहेको छ भने बेतिनी , कालिकास्थानमा सामुदायिक स्वास्थ्य ईकाई रहेको छ । गाउँमा सुत्केरी गराउन तथा अन्य जटिल स्वास्थ्य समस्या आईपरेको समयमा बीर, त्रिबि शिक्षणलगायतका अस्पतालमा रिफर गर्ने गरिएको तर समयमा एम्बुलेन्स नपाए समयमा बिरामी अस्पताल लैजान नसक्नाले समस्या हुने गरेको कालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो ।

बिभिन्न अप्रेसन गर्नु पर्ने खालका समस्या तथा अन्य आपतकालिन उपचार सेवाका लागि बिरामीलाई रिफर गर्ने गरिएको उहाँले बताउनुभयो ।
Ambulance

Comments

comments