असंगठित श्रमिकलाइ गाउँपालिकाबाट राहत कुपन वितरण

कालिका गाउँपालिकाले २ सय ६७  परिवारका लागि काेराेना राहत कुपन वितरण गरेको छ। लक्षित परिवारले वडाबाट कुपन वितरण गरिएकाे हाे । असंगठित  श्रमिक तथा अशहायलाइ सरकारकाे  प्याकेजकाे रूपमा राहत प्रदान गर्ने नीति अनुरूप  लकडाउन अवधिभर लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि कुपनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

‘नोवल कोरना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा लक्षित परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध बनाउन बनेको कार्यविधि–२०७६’ निर्माण गरेको थियो।  वडा वडाबाट लगत संकलन गरी असंगठित  श्रमिकलाइ राहत कुपन वितरण गरिएकाे हाे ।

लकडाउन लम्बिएको खण्डमा तोकिएको परिवारलाई पुनः कुपनको व्यवस्था गरिने गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्याैपानेले बताउनुभयाे । वडा कार्यालय र टोल विकास संस्थासँगको साझेदारीमा लगत संकलन गरिएको हो गाउँपालिकाले वडालाई कुपन उपलब्ध गराएको छ। लक्षित परिवारले वडामा गएर कुपन लिएर नजिकैको पसलबाट सामग्री लिनसक्ने छन्। गाउँपालिका बाहिर स्थायी बसोबास भइ लकडाउन अवधिभर गाउँपालिकाभित्र बसिरहेको परिवार समेतलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध गराइने छ।

कार्यविधि अनुसार लगत संकलन गरेर कुपन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।  लक्षित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराउनका लागि इच्छुकले ‘कालिका स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति’ को खातामा रकम जम्मा गर्न सक्ने उहाँले बताउनुभयाे ।

गाउँपालिकाभित्र हाल बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी, आफ्नो खेती नभएका, परिवारको कुनै सदस्यको नियमित आयआर्जन नभएको, परिवारको कुनै सदस्य स्वदेश वा विदेशमा रोजगारीमा नरहेको वा नभएको, परिवारको कुनै सदस्यको व्यापार व्यवसाय नभएको र दैनिक ज्यालादारीमा परिवारको दैनिक गुजरा चलाइरहेको परिवारलाई सामग्री उपलब्ध गराइने छ। त्यसैगरी गाेसाइकुण्ड गाउँपालिकाले बाहिरबाट अाएका १७ जनालाइ राहत कुपन वितरण गरेकाे जनाएकाे छ । उत्तरगया लगायत अन्य गाउँपालिकाले भने लगत संकलन गरिरहेका छन् । उता खाल्टे तिरू लगायत भूकम्पका कारण जाेखिम बस्तीमा परेका बिस्थािपतहरूले खाद्यन्न संकट गरेकाे गुनासाे गरेका छन् ।

Comments

comments