कालिका गाउँपालिकामा दाेस्राे चरणकाे राहत बितरण सुरू

102768218_747412162693144_995872789901525047_n

कालिका गाउँपालिका -३ मा कोरोना भाईरस ( कोभिड – १९) बाट प्रभावित अति बिपन्न , अपाङ्गता भएका ब्यक्ति , गर्भवती महिला, सुत्केरी , सुनाैलो १००० दिनका आमाहरूलाइ जेठ २५ दाेस्राे चरणकाे राहत बितरण सुरू भएकाे छ ।

सरकारले असङ्गठित मजदुर तथा सहायलाइ राहत बितरण गर्ने मापदण्ड तयार गरी राहत बितरण थालेकाे हाे । वडा नं ३ मा कोरोना भाईरस ( कोभिड – १९) बाट प्रभावित अति बिपन्न १ सय ३४ परिवार,  अपाङ्गता भएको भएका ब्यक्ति १४ जना, गर्भवती महिला, सुत्केरी , सुनाैलो १००० दिनका आमा ८६ जनाले राहत पाएका छन् ।

त्यसै गरी कालिका – ४ धुसेनीबाट कोरोना भाईरस ( कोभिड – १९) बाट प्रभाबित अति बिपन्न , अपांगता भएको ब्यक्ति , गर्भवती महिला, सुत्केरी , सुनाैलो हजार  दिनका आमा लगायतका वडाका नागरिकहरुका लागि राहत प्रदान भयाे । उक्त राहत बितरणका लागि टाेल विकास संस्थाको सिफारिसमा वडा समितिको निर्णयबाट २ सय १७ घरधुरीलाई राहत बितरण गरिएको छ।  लगत संकलन गरी गाउँपालिकामा पेश भएको सबैलाइ राहत बितरण हुने छ । कालिका गाउँपालिकाले अन्य वडामा पनि राहत वितरण गर्ने गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्याैपानेले बताउँनुभयाे । यस अघि पहिलाे चरणकाे राहत बितरण गरेकाे लामाे समयमा पनि दास्राे चरणकाे राहत बितरण नगरेकाे गुनासाे अाएकाे थियाे ।

Comments

comments