कालिकास्थान, कालिका गाउँपालिका रसुवाको बस्तुस्थिति विरवण सहितको पाश्र्वचित्र ०७६ जेठ २७ गते गाउँपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच विमोचन भयो ।
प्रमुख सीताकुमारी अधिकारी, उपप्रमुख तथा पाश्र्वचित्र निर्माण समिति संयोजक भवानीप्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
गाउँपालिका भित्रका सवै घरधुरी र त्यहाँ रहेका प्रत्येक सदस्यहरुको विवरणलाई अनलाईनमा आधारित डाटावेस प्रबिष्टिमार्फत तयार गरिएको उक्त पाश्र्वचित्र जन्म,मृत्यु, बिबाह, बसाईसराई र सम्बन्ध विच्छेदका घटनालाइ आधार मान्दै गाउँपालिकाको तथ्यांक अध्यावधिक गर्न सकिने बताईएको छ ।
रसुवाका पाँचवटा गाउँपालिका मध्ये डिजिटल तथा पुस्तकको रुपमा जिल्लामै पहिलोपटक पाश्र्वचित्र विमोचन भएको सरोकारवालाहरूले बताए । कालिका गाउँपालिका प्रोफाईलमा गाउँपालिकाको सिमाना, जनसंख्या, घरधुरी, कृषि, पशुपालनलगायतका तथ्य तथ्यांक र बिबरण समेटिएको छ । पाश्र्वचित्रमा कालिका गाउँपालिकाको जनसंख्या महिला ५,४९४, पुरुष ५,८९९ र जम्मा जनसंख्या ११,३९३ तथा कुल घरधुरी २, ५२९ उल्लेख छ ।
डिजिटल टेक्नोलोजी र स्वास नेपालले संयुक्त रुपमा पाश्र्वचित्र तयार गरेका हुन् । घरपरिवार र त्यहाँ रहेका सदस्यको मात्र नभई विद्यालय, सहकारी, वित्तीय संस्था, होटल, लज र अन्य व्यवसाय, व्यावसायिक फर्मलगायत अन्य सार्वजनिक निकायलाई पनि यस्तै सूचना व्यवस्थापन सिस्टममा ल्याउने प्रयास गरिएको हो ।
पार्श्वचित्र मार्फत् गाउँपालिका प्रमुख सीता पौडेल, अधिकारीले पार्श्वचित्रको जगमा टेकेर पाँच वर्षे आवधिक योजना निर्माण भइरहेको बताउँदै ‘आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्य, सरसफाई, सामाजिक विभिन्न क्षेत्रमा दिगो विकास मार्फत् गाउँपालिकालाई सम्मृद्द बनाउने लक्ष्य लिएको बताइन् ।
पार्श्वचित्र तयार समितिका संयोजक समेत् रहेका उपप्रमुख भवानीप्रसाद न्यौपानेले गाउँपालिकाको क्षमता विकास गर्न गाउँपालिकाको यथार्थताको अभिलेखीकरण प्रमुख कुरा रहेको बताए । पार्श्वचित्र निर्माण अन्तर्गत प्रत्येक घरपरिवार र सदस्यहरूको अभिलेखीकरणले आगामी दिनमा परिष्कृत पार्श्वचित्र बनाउन सकिने उपप्रमुख न्यौपानेले बताएका छन् ।
त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेले हरेक विकासको मार्ग तयार गर्न योजनाको सही छनोट प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरुको पूर्ण सन्तुष्टिसहितको उपयोग, निरन्तर अनुगमन एवं मूल्याङ्कन र दिगोपनाको लागि सही र वस्तुनिष्ट निर्णय लिन तथ्याङ्कको आवश्यकता पर्ने बताउनु भएको छ । विगतबाट सिकेर वर्तमानको भोगाईका आधारमा भविष्यका लागि योजना तर्जुमा गर्नु वर्तमान पुनर्संरचित स्थानीय तहको पहिलो आवश्यकता भएको बताएकी छिन् ।
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरेको ढाँचामा तालिकीकरण हुने गरी तयार गरिएको घरपरिवार र जनसंख्या सम्बन्धि व्यवस्थापन सिस्टमले पूर्णता पाईसकेको छ भने स्रोत नक्शाङ्कन, अन्य निकाय, बैंक तथा वित्तीय संस्था, विद्यालयलगायतको अनलाईन प्रोफाइल निर्माण कार्य भने तयारीको अवस्थामा रहेको बताईएको छ । प्रकाशित पार्श्वचित्रमा कतिपय सूचना प्राप्त हुन नसकेको, कतिपय सूचना अपुरा वा अधुरा पनि रहेकोले यसलाई अद्यावधिक गर्न आवश्यक रहेको संस्थाले जनाएको छ ।
एकपटक हरेक घरपरिवारको सूचना व्यस्थापन भएसकेपछि वडा कार्यालयमा हुने जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना दर्ताका आधारमा सम्बन्धित घरमा थपघट गरेर ताजा सूचना प्राप्त गर्न सकिने उक्त व्यवस्थापन सिस्टममा प्रत्येक घरको हरेक सूचना र त्यस परिवारका प्रत्येकको हरेक सूचना फोटोसहित राख्न सकिने व्यवस्था छ ।
Kalika Rural Municipality Profile Pdf Download From Here
To See Live Data : www.rasuwaprofile.com/rm/kalika
More about this online database
Related Posts
- राष्ट्रपति भण्डारीद्वारा उत्तरगया धामकाे भ्रमण
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- विद्यालयलाई पाठ्यपुस्तक, मास्क तथा स्यानिटाइजर हस्तान्तरण
- जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने नेता ढकाल
- विद्यालय छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना
- नौकुण्ड गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न