कालिका बहुउद्देश्यीय सहकारी संस्थाले ३७ लाख नाफा कमायो

Kalikasahakari

रसुवा , पुस २२ गते । उत्तरगया गाउँ पालिका स्थित कालिका बहुउद्देश्यीय सहकारी संस्थाले ३७ लाख नाफा कमाएको छ । ग्रामीण तहमा छरिएर रहेको पुँजी एकत्रित गरी सुरु ०५३ सालदेखि वर्ष अघि सुरु भएको सहकारी जिल्लाकै पुरानो सहकारी हो ।

स्थानीय जग्गा दाता कृष्ण कुमारी घिमिरेको प्रमुख आतिथ्यमा भएको २३ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष बालकृष्ण घिमिरेले संस्थाले सेयर सदस्यहरुको अघिकतम हितमा काम गर्ने बताउनुभयो । संस्थाका सचिव टंकप्रसाद पौडेलले प्रगति प्रतिवेदन, व्यवस्थापक राजेन्द्र घिमिरेले आयब्याय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका २ हजार ४७ जना सेयर सदस्य रहेको जानकारी दिदै ४८ लाख रुपैयाँ सेयर पुँजी , १० करोडको कारोवार रहेको र ३७ लाख ५५ हजार रुपैयाँ वार्षिक नाफा आर्जन गरी सेयर सदस्यहरुलाई १५ प्रतिसत बोनस बितरण गरेको जानकारी दिईएको थियो । आगामी वर्ष सेयर पुँजी ९० लाख , बचत ४ करोड ७० लाख र नाफा ४८ लाख ६४ हजार रुपैया गर्ने संस्थाको लक्ष्य रहेको सचिव पौडेलले बताउनुभयो ।

Comments

comments