कालिका ३ नं वडा कार्यालय आफ्नै भवनमा

119790878_705416863652619_3687691742297954773_n

धारापानी , आफ्नै भवन निर्माण सम्पन्न गरेपछि कालिका गाउँपालिका वडा नं  ३ काे कार्यालय आफ्नै भवनबाट दैनिक सेवा सुचारू गरेकाे छ ।

कालिका गाउँपालिकाकाे ७२ लाख रुपियाँको लागतमा ८ कोठे भवन निर्माण भएर काम सुचारु भएकाे वडा अध्यक्ष पुष्पराज न्याैपानेले बताउँनुभयाे । धारापानीमा निर्माण भएकाे भवनकाे शुक्रबार परम्परागत पाठपूजा गरेर सेवा प्रबाह शुभारम्भ गरिएकाे थियाे । साे अवसरमा कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्याैपाने, नेकपा नेता इन्द्र गाैतम जगतजंगलगायत जनप्रतिनिधीहरू कर्मचारी, स्थानीयवासीहरू सहभागी थिए ।119900735_730019127563705_2967825051373833866_n

वडा भवन राम्चे नेशनल कन्टर्क्सनले निर्माण गरेकाे हाे । भवन निर्माण पछि दैनिक कार्य सञ्चालन तथा सेवा प्रबाहमा  सजिलो भएकाे वडा कार्यालयले जनाएकाे छ ।  साे भवन निर्माणका लागि  स्थानीय रणप्रसाद लामिछाने (रामजी) र बोधनाथ लामिछानेले १२ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

Comments

comments