कालिका सहकारी २२ लाख नाफामा अध्यक्षामा पुनः घिमिरे

लहरेपौवा गाविस स्थित कालिका बहुउद्देश्यीय सहकारी संस्था लिको २१ औ साधारण सभा तथा अबिधेशन सम्पन्न भयो । २२ लाख नाफा कमाएकाे संस्थाकाे सभाले पुन: बालकृष्ण घिमिरे अध्यक्षमा चयन भएका छन ।

साधारण सभाले पुन बालकृष्ण घिमिरेको अध्यक्षतामा ११ सदस्य रहेको सञ्चालक समिति चयन गरेको छ । उपाध्यक्ष, सचिव सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश भूमिराज आचार्य, टंकप्रसाद पौडेल, छविलाल आचार्य, बालकुमारी पनेरु, ध्रुबप्रसाद आचार्य, अनन्त न्यौपाने, भीमप्रसाद घिमिरे, गंगादेवी आचार्य, शेखर भूषाल, अर्जुनप्रसाद पौडेल रहेकाछन् । लेखा समितिमा भीमसेन आचार्य र गोविन्द घिमिरे रहेका छ ।

कुल १ हजार ७ सय ६ जना सेयर सदस्य रहेको संस्थाले कुल २८ करोड ३१ लाख ६२ हजार २ सय २७ रुपैयाँको कारोवार गरेको छ भने २२ लाख ५२ हजार १ सय ४९रुपैयाँ नाफा कमाएको छ । संस्थापक अध्यक्ष शिबराम आचार्य, जनजागरण सहकारीका राममणि पौडेल, संस्थाका छविलाल आचार्यलगायतले आफनो धारणा राखेका थिए ।

लेखा संयोजक भीमसेन आचार्य लेखा प्रतिबेदन तथा ब्यवस्थापक राजेन्द्र आचार्यले ०७१/०७२ को आय ब्याय बिबरण पेस गरेका थिए । कार्यक्रममा बिनाशकारी भूकम्पका कारण संस्थाका २७ जना सेयर सदस्यको मृत्यु भएको जनाईएको थियो । संस्थाले प्रति मृतक परिवार ६ हजारका दरले प्रदान गरेको थियो । संस्थाले १५ प्रतिसत सेयर लाभांस र ३ प्रतिसत पुरस्कार बितरण गरेको जनाएको छ ।

Comments

comments