कालिका हिमालयमा विद्युतिय हाजिर सुरु

kalikaschool

रसुवा, जेठ १७ गते । जिल्लामानै पहिला पटक सामुदायिक विद्यालय तर्फ कालिका गाउँपालिका –२ कालिकास्थानमा रहेको कालिका हिमालयमा नमुनाको रुपमा विद्युतिय हाजिरी शुरु गरिएको छ ।electricity attedance

कालिका हिमालय नमुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ घिमिरेले पहिलो पटक मेशिनमा औंठा लगाएर विद्युतिय हाजिरीको शुरुवात गरेको प्रधानाध्यापक आशाअम्हाम्वुङ लिम्वुले जानकारी दिनुभयो । विद्यालयका शिक्षक र कर्मचारीहरूका लागि यो हाजिरी प्रयोग गरिने प्रधानाध्यापक लिम्वुले बताउँनुभयो । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अनुरुप विभिन्न प्रविधि भित्र्याईसकेकाले प्रविधिको उच्चतम प्रयोगका लागि पनि विद्युतीय हाजिरी शुरु गरेको विद्यालय वयवस्थापन समितिका अध्यक्ष घिमिरले बताउनुभयो । विद्युतीय हाजिरीको प्रयोगले शिक्षक तथा कर्मचारीहरूलाई स्वनियमनका लागि सहयोग पु¥याउने घिमिरेको भनाई छ ।

नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा जडान गरिएको विद्युतीय हाजिरीमा शिक्षक तथा कर्मचारी गरी ४० जनाले हाजिरी गर्ने हाललाई परिक्षणको रूपमा राखिएको र सिसीटिभी विद्यालयलाई नेपाल कृषिवन प्रतिष्ठान रसुवाले उपलब्ध गराइएको कार्यक्रम अधिकृत बिराज तामाङले बताउनुभयो ।

यसैबीच रसुवा जिल्लाको सरकारी विद्यालय प्रति अविभावक र विद्यार्थीको आकर्षण बढाउन कालिका गाउपालिकाको सवै सरकारी विद्यालयमा अब विद्युतीय हाजिरी शुरु गरिने भएको छ । सरकारी विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउनदेखि शिक्षकलाई कडाई गर्न कालिका गाउ पालिकाले यस्तो रणनीति अपनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नियमित रुपमा विद्यालय जाने अभिभावकहरुलाई विद्यालयमा विद्यार्थीको पढाई बारे चासो लिन प्रेरित गर्ने जस्ता कार्यले शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको अभिभावकहरुको भनाई छ ।

असल शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीलाई खाजा खर्चदेखि विद्युतीय हाजिरी र नियमित अनुगमन समेत व्यवस्था गरिने भएको छ । यस आर्थिक वर्षदेखी नै लागू हने गरी माध्यमिक विद्यालय तथा आधारभुत विद्यालयका २ जना विषयगत शिक्षकलाई गाउ पालिकाले सम्मान गर्ने योजना बनाएको छ । एक माध्यमिक र एक आधारभुत विद्यलायलाई सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकााले शिक्षकदेखि विद्यालयलाई समेत सम्मान गर्ने योजना ल्याएको छ ।

विद्यालय समयमा विद्यालय बाहिर रहने शिक्षकहरूलाई सेवामुखी बनाउन गाउँपालिकाले चासो देखाएको हो । विद्यालय सुधार योजना नै लागू गरेर गाउँपालिकाले नयाँ शैक्षिक रणनिति अपनाएको छ । सरकारी विद्यालयको गुणस्तर उकास्नका लागि बिभिन्न खालका कार्यक्रम ल्याएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानले बताउनुभयो ।

Comments

comments