कालिका हिमालय माविको अभिभावक भेला सम्पन्न

Kalika

कालिकास्थान , माघ २० गते ।  कालिका हिमालय माध्यमिकको अभिभावक भेला सम्पन्न शनिबार एक कार्यक्रमका बीच भएको छ ।

विद्यालय व्यवस्थपन समिति अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य प्रेम तामाङ, शान्ति थिङ, पार्टी प्रतिनिधीहरु नेकपा एमालेका विष्णु पौडेल, नेपाली काँग्रेसका पेम्बाछिरिङ तामाङ, नेकपा माओवादी केन्द्रका रामशरण कुईकेल, जिल्ला शिक्षा कार्यालयका दिपक माझी, गाउँ पालिका अध्यक्ष सीता अधिकारी, स्रोत ब्यक्ति बासुदेव लामिछाने, जनप्रतिनिधीलगायतले शुभकामना दिनुभयो ।

भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कृष्ण आचार्य, तारा कार्की , मेघनाथ घिमिरे र राधिका न्यौपानेलाई  चयन गरेको छ । अब २ सदस्य मनोनयन पछि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउने विद्यालयले जनाएको छ । समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधी रहने प्रावधान छ । सो अवसरका विद्यार्थीहरुले विविध रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Comments

comments