काेराेना अपडेट : नेपालमा थप चारसय २६ जनामा कोरोना संक्रमण, कुल आठ हजार २७४ र २२ काे मृत्यू

Rapid-Corona-Test

०७७ असार ५ गते । नेपालमा शुक्रबार थप चार सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप चारसय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चार २६ जनामा संक्रमण देखिएको हो। आज थपिएका चारसय २६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।  पछिल्लो २४ घण्टामा थप दुइ सय १६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या एक हजार ४०२ पुगेको छ।  कुल संक्रमित मध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा काेराेना संक्रमण देखिएको छ।

शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् । भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Comments

comments