काेराेना अपडेट : नेपालमा दश जनाकाे मृत्यु ,२ हजार ६ सय ३४ जनामा संक्रमण

Rapid-Corona-Test

नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ जनाले कोरोना संक्रमण जिते

त्यसैगरी आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।  नारायणी अस्पताल वीरगञ्जबाट ५ जना डिस्चार्ज भएका हुन्। २५ देखि ७० वर्षका पुरुषहरु ९ दिनमा डिस्चार्ज भएका छन्।  त्यसैगरि, कलैया अस्पताल बारामा ७ जना डिस्चार्ज भएका छन्। २८देखि ४९वर्षका पुरुषहरु १० देखि १७ औं दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्। हालसम्म २९० जना व्यक्तिहरु संक्रमणलाई जितेर घर फर्किएका छन्।  यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा ११९, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण  जितेर घर पुगेका छन्। त्यसैगरी, प्रदेश ५ मा ७९ र कर्णाली प्रदेशमा २ मा सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण निकाे भइ घर फर्केका छन्। हालसम्म २३४ पुरुष र ५६ महिला गरी २९० जनाले कोरोना संक्रमण जितेर फर्केका छन्।

Comments

comments