काेराेना परीक्षणमा रसुवाकाे प्रतिवेदन नगेटिभ देखियाे

Corona virus

रसुवामा कोरोना भाइरस (कोभिड–१९) को काेही पनि संक्रमित हालसम्म भेटिएकाे छैन । हालसम्म जिल्लामा ४ सय ७२ जनाको ¥यापिड डाइग्रष्टिक टेष्ट भएकाे छ । जसमा अधिकांस नेगेटिभ भेटिएकाे छ ।

¥यापिड पाेजेटिभ देखिएका मध्ये ११ जनाकाे  पिसिआर गरिएको मध्ये सवैकाे नेगेटिभ भेटिएकाे स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउँनुभयो । हाल आमाछोदिङमो गाउँपालिकामा ३, कालिका गाउँपालिकामा २, गोसाइकुण्ड गाउँपालिकामा २, उत्तरगया गाउँपालिकामा ३ , नौकुण्ड २ जना गरी क्वारेन्टाइनमा १२ छन् । नाैकुण्ड गाउँपालिकाकाे सर्स्युका ३ जनाकाे  पिसिआरका लागि स्वाब परीक्षणका लागि काठमाडौँस्थित टेकु प्रयोगशालमा पठाइएकोमा ३ जनाको प्रतिवेदन पनि आज आयो उनीहरुको रिर्पोट नेगेटिभ आएको छ ।

Comments

comments