काेराेना संक्रमण बढ्दै

Corona virus

रसुवा, समुदाय तहमा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएकाे छ । स्वास्थ्य कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिकामा ४८, गोसाइकुण्डमा ४, उत्तरगयामा १८ र नौकुण्ड गाउँपालिकामा २  गरी जिल्लभर ७२ जना संक्रमित रहेका छन् ।

सबै संक्रमित होम आइसोलेसनमा बसेका छन् ।   शुक्रबार १३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ७२ पुगेको हो ।  रसुवामा हालसम्म १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ हजार ३ सय ३५ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ९ सय ७६ वटा स्वाव संकलन गरिएकोमा ३ हजार ५ सय ६७ नेगेटिभ र १ हजार ४ सय ९ पोजेटिभ देखिएकाे छ ।

Comments

comments