रसुवामा किसान महासंघ गठन

80721636_2397563920505593_304155062618292224_n

रसुवा, नेकपा निकटकाे अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन भएको छ । स्थानीय निकायमा संयाेजक र सह संयाेजकहरू जिल्ला कमिटीमा रहने गरी महासंघ गठन भएको हाे ।

जिल्ला संयाेजक रेबतीप्रसाद अगस्तीकाे संयाेजकत्यामा १२ सदस्यीय जिल्ला कमिटी बनेको हाे । कालिकास्थानमा २०७६ पुष १५ गते सम्पन्न भएको भेलाले जिल्ला सह संयाेजकमा चुडामणि पाैडेल चयन भएका छन् । यस्तै  कालिका गाउँपालिका संयाेजक अणप्रसाद अाचार्य , सह संयाेजक भवानीशंकर देवकोटा चुनिएका छन् । उत्तरगया गाउँपालिका संयाेजक महेश्वर लामिछाने, सह संयाेजक चुपप्रसाद न्याैपाने, नाैकुण्ड गाउँपालिका संयाेजक खिलनाथ पाैडेल, सह संयाेजक न्याे सिंङी लामा, गाेसाँईकुण्ड गाउँपालिका संयाेजक साेनाम ग्याल्वाे घले, सह संयाेजक दाेर्जे तामाङ र अामाछाेदिङकाे गाउँपालिका संयाेजक दावानूर्पु तामाङ र सहसंयाेजक संगम लामा चयन भएका छन् । पदाधिकारी एवं सदस्यीय हरूलाई महासंघ ३ नं प्रदेश संयाेजक रामप्रसाद दाहालले पद तथा गाेपनियताकाे सपथग्रहण गराउनु भएको हाे ।

नुवाकोटका महासंघ संयाेजक यमकुमार खाती , नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधवप्रसाद लामिछाने, भवानीप्रसाद न्याैपाने, अर्जुन देवकाेटा , सावित्री पुडासैनीलगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

Comments

comments