कृषकलाई बोयर जातको बोका तथा ट्याक्टर बितरण

Boyar boka (1)

रसुवा, । नौकुण्ड गाउँ पालिका कृषि शाखाले स्थानीय कृषकलाई ५० प्रतिसत नष्ल सुधारका लागि  अनुदानमा बोयर जातको बोका र ७० प्रतिसत अनुदानमा कृषि सामग्री बितरण गरेको छ ।

कृषि शाखा प्रमुख शम्भुप्रसाद राईका अनुसार हाते ट्याक्टर (मिनि टिलर) ८ थान , मकै छोडाउने मेसिन ८ थान , स्प्रिङकल ३ सय थान पाईप १ सय ५० कृषकलाई बितरण भएको हो । हेटौटाको वर्षामाडीबाट ल्याएर बाख्रामा नश्ल सुधार गरी कृषकको आय बृद्धिमा सघाउ पु¥याउनका लागि ६ वटै वडामा अनुदानमा बोयर जातको बोक बितरण गरिएको छ ।

गाउँपालिकामा मकै उत्पादन बढ्दै गएकोले कृषकको सहजताका लागि कृषि विकास शाखाले ८ वटा कृषक समुहलाई मकै छोडाउने मेसिन वितरण गरेको हो । कृषकको समय र लगानी बचाउनका लागि मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख शम्भुप्रसाद राईले बताउनुभयो ।
मकै छोडाउने मेसिन कृषक समुहलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइएको शाखा प्रमुख राईले बताउनुभयाे  । ११ हजार पर्ने मेसिनलाई अनुदानमा कृषक समुहलाई दुई हजार सात सय ५० मा उपलब्ध गराइएको छ । कृषि सामग्री गाउँमा नै आएपछि कृषक हर्षित भएका छन् ।
गाउँमा कृषि शाखा सञ्चालनमा आएपछि कृषकलाई सहज भएको कृषकहरुले बताए ।  विउ लिनका लागि चार घण्टा हिँडेर कालिकास्थान जानूपर्ने भएपनि स्थानीय तह आएसँगै सहज भएको छ ‘कृषि शाखाले जनचेतना दिएर, विउ विजन पनि दिएको छ, कृषक लामाले भन्नुभयो , अहिले अहिले गाउँमा तरकारी खेती गर्ने पनि बढेका छन् ।’ कृषि शाखाले गाउँपालिकामा कृषिमा आधुनिकिकरण गर्नका लागि विशेष खालको योजना ल्याइरहेको छ ।

यसअघि मकैको विउ वितरण गरेको शाखाले यो पटक मेसिन वितरण गरेको जनाएको छ । यसअघि गाउँपालिकाका ६० जना कृषकलाई ५० प्रतिशत अनुदानमा रामपुर कम्पोजिट र अरुण २ जातको १२ सय केजी मकैको वीउ वितरण गरिएको शाखाले जनाएको छ । गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ६३ लाख बजेट छुट्याइएको थियो । शाखाले दिएको जानकारी अनुसार यो वर्ष अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, गोठ सुधार, तालिम सञ्चालन, माटो जाँच, तरकारीको विउ वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । त्यसै गरी उत्तरगया गाउँ पालिकामा पनि कृषक समुहमा आवद्ध १२ किसानलाई ७५ प्रतिसत अनुदानमा हातेट्याक्ट बितरण गरिको गाउँ पालिका कृषि शाखाले जानकारी दिएको छ । पालिकाले  स्थानीयकाे किसानकाे मागमा अाधारित भएर उनीहरुकाे अायमा टेवा पुर्याउने खालका कार्यक्रम तय गरेकाे गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयाे ।

नौकुण्डगाउँ पालिकामा ट्याक्टर बितरण गरिदैको अवस्थाकाे तस्वीर

तस्वीर स्राेत : नाैकुण्ड गाउँ पालिका

Naukunda Agricalture (3)

Comments

comments