कृषक समुह महासंघमा घले

241707580_4292457447541747_7374124763227250159_n

रसुवा, भूमिघर कालिकास्थानमा ०७८ भदौ २० गते भएको कृषक भेलाबाट रवि घलेको अध्यक्षतामा राष्ट्रिय कृषक समूह महासङ्घ रसुवा जिल्ला तदर्थ समिति गठन भयो ।241710884_547603249857229_791312766339934961_n

कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ, प्रदेशका अध्यक्ष विजय लामा, मिरा शाहलगायतले दिगो खाद्य प्रणलीमा उत्पादन समुह तथा साना किसानको योगदान बारे तथा कृषक समुहकाे बारेमा सहजिकरण गर्नुभएको थियो । ६ महिना भित्र जिल्ला अबिधेशन गर्ने गरी गठित तदर्थ समितिका उपाध्यक्षमा सितादेवी न्यौपाने, सचिवमा अनिल लामा, सहसचिवमा दावालाक्पा तामाङ, कोषाध्यक्ष दिलमाया लमिनी, सदस्यहरुमा सुन्तली घले, लालबहादुर तितुङ, कर्मा लामा, खेमराज न्यौपाने, कल्याण गौतम, साङ लामा तामाङ, गोमा न्यौपाने र अमृता पौडेल रहेका छन् । केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा जनप्रतिनिधी, जिल्ला भूमिअधिकार मञ्च रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ, सानाकिसान सहकारीका पदाधिकारीहरु सहभागी थिए ।

Comments

comments