कृषिमा आत्मनिर्भर बन्दै उत्तरगयाका किसान

IMG_9902

भवानी पौडेल

रसुवाको उत्तरगया गाउँपालिका –४ कुवापानीकी बिमला ढकालले २०५२ मा व्यवसायीक रुपमा कृषि कर्म सुरु गरिन् । उनले सुरुमा आलु खेती गरिन । अहिले काउली, बन्दा, गाजर, काक्राेलगायत तरकारी खेती छ । समय समयमा बारीमा घिरौला, पालुङ्गो , रायाे साग जस्ता तरकारीहरू पनि छन् । चारवर्ष अघिसम्म ढकाललाई आफुले उत्पादन गरेको तरकारी बिक्रीकाे लागि कहाँ लैजाने भन्ने चिन्ता हुन्थ्यो । ‘दुई भारी तरकारी भएपछि चिन्ता सुरु हुन्थ्यो’ उनले भनिन् ‘बेच्नलाई बजारको समस्या थियो ।’ तैपनि उनी गाउँमा तरकारी संकलन गर्थिन ।103580557_523623521690950_1660569041920943503_n

गाउँपालिकामा जननिर्वाचित जनप्रतिनिधि आएपछि गाउँ गाउँमा कृषि सडक पुगेको छ । उनले भनिन ‘उत्पादित आलु र तरकारी कर्मिडाडाँ, पैरेबेशी, बेत्रावतीलगायतका स्थानीय बजारसम्म पु¥याउछु ।’ उनले वार्षिक दुई लाख रूपियाँसम्म आम्दानी गरेकाे बताइन् । पहिले बढी उत्पादन हुदाँ बेच्न समस्या हुन्थ्यो । गाउँ सडक सञ्जालमा जोडिएपछि बजारकाे माग अनुसार उत्पादन हुन सकेको छैन । आफुले कमाएको पैसा घरायसी काममा खर्च गरेर केही बचत गर्ने गरेको ढकालले बताइन । ढकालसँग व्यवसायीक तरकारी खेती सुरु गर्दा पाँच रोपनी मात्र जग्गा थियो । अहिले लगभग १० रोपनी पुगिसकेको छ । ‘पहिला हाकु, गोगने, तिरु र लाङबुसम्म दुई दिन लगाइ आलुको बीउ लिन जानुपर्ने बाध्यता थियो । अहिले त आफुलाई चाहिने आलुकाे बीउ कोल्ड स्टोरमा राख्छौ’ उनले भनिन । उनले तरकारी खेती थाल्दा गाउँका अरु कसैले थालेका थिएनन् । स्थानीय तहले घरदैलाेमा सेवा प्रबाह गरेपछि कृषिका बिभिन्न पकेट क्षेत्र घोषणा भयो । प्राबिधिक सेवा पाएर उत्पादन बढाउने कुरा विस्तारै किसानले बुझ्दै गए । अहिले त्यहाँ १० परिवारले तरकारी खेती गरेर बजारमा बिक्रीका लागि लैजान्छन् । उत्तरगयाँ गाउँपालिका–४ पैरेवेशीकी सुमित्रा पौडेलले गाउँपालिकामा जनप्रतिनिधि आएपछि कृषिमा धेरै सहज भएको बताइन्  । पाँच वर्षदेखि तरकारी खेती र पशुपालन क्षेत्रमा लागेकी सुमित्रालाई गाउँपालिकाको कृषि शाखाले कृषिमा अनुदान दिएपछि थप उत्साह बढ्याे ।  गत वर्ष काक्रो, करेला, बोडी, सिमी र फर्सीको बीउ दिइएको थियो । कृषि शाखाले दिएको विभिन्न सीप विकास तथा  उद्दमी तालिममा सहभागी हुने मौका पनि उनले पाएकी छिन् । त्यसबाट उनलाई कृषिमा आएको समस्या बारे बुझ्ने अवसर पनि मिलेको छ ।103171935_668051203744116_5452246758539063092_nपहिला गाउँ घरमा कृषि प्राविधिक भेटिदैन थिए । उनले भनिन ‘अहिले तरकारी र आलु बालीमा समस्या भएमा एक कल फोनको भरमा प्राविधिक घरमै आइपुग्छन् ।

गाउँमै बीउ अनुदान र प्राविधिकको  सल्लाह पाए अनुसार खेती गरेकोले यसपटक ६ बोरा आलु रोपेको ठाउँमा ७० बोरा बेचेकाे छु ।’ उनी समाज सेवा पनि गर्छिन र बाँकी रहेको समय कृषि पेशा अँगाल्दा उनलाई जिवीकामा सहज भएकाे छ । यहि पेशाबाट उनको ५ जनाको परिवार पालिएको छ र छोरा छोरीले पढ्न सहज भएकाे छ । वार्षिक एक लाख रूपियाँसम्म बचत हुने गरेको उनले बताइन । उत्तरगया गाउँपालिका-४ की राधिका ढकालले गाउँपालिकामा जनप्रतिनिधि आएपछि कृषकलाई सहज भएको बताइन । कृषि शाखाले वितरण प्रणालीलाई व्यवस्थित बनाउन सके अझै प्रभावकारी हुने उनले बताइन । ‘पहिला वीउ विषादीको लागि दिन बिताएर बेत्रावती र त्रिशूली बजारसम्म धाउनु पथ्र्यो । अहिले वडा वडामा माग गर्न पाइएको छ’ उनले भनिन ।

गाउँ पालिकाको सबै वडा पकेट क्षेत्र उत्तरगया गाउँपालिकामा तिन वर्ष अघिसम्म परम्परागत शैलीमा खेती हुन्थ्यो । गाउँपालिकाले पहिलो वर्ष नै विकास निर्माण र कृषिलाई प्राथामिकतामा राखेर बजेट विनियोजन ग¥यो । कृषि शाखाका प्राविधिकले हरेक क्षेत्रमा पुगेर सेवा दिन सुरु गरे । गाउँपालिकामा रहेको पाँच वटै वडामा कृषिको सम्भावना पहिचान ग¥यो । त्यसपछि शाखाले पाँच वटै वडामा सम्भावनाका आधारमा पकेट क्षेत्र घोषणा सँगै कृषि शाखाले विकास र विस्तारको कार्यक्रम अगाडि बढाएको छ । स्थानीय स्तरमा कृषि उत्पादन बढ्दै तरकारी र आलु बिग्रने समस्यालाई मध्नजर गरी वडा वडामा तरकारी संकलन केन्द्र स्थापना भएको छ । हिउँदमा उत्पादन गरिएका तरकारी र आलु बेच्न बजार समस्या हुँदैन । खेतखेतमा नै ठेकेदार आएर लैजान्छन् ।‘आफुलाई आवश्यक पर्ने आलु कोल्डस्टोरमा राख्छौ, वर्षातको समयमा उत्पादन गरिएका तरकारी गाउँघरमा बिक्री गर्छौ । तरकारी नबिकेर कुहिएर खेर जादैन’ कृषक ढकालले भनिन् । वेमौसमी तरकारी सबैले रुचाउँछन् । एक टन आलु वा अन्य तरकारी भएपनि बिक्न थालेको छ, बिग्रदैन । गाउँपालिकामा जनप्रतिनिधि आउनु पूर्व कृषि कार्यलयमा कृषकको पहुँच थिएन । जिल्लाको पाँच गाउँपालिका मध्ये भौगोलिक बिकट र दुर्गम गाउँपालिकामा सडक सञ्जाल जोडिएको थिएनन् । कतिपय ठाउँमा फोन गर्ने सुविधा पनि थिएन । कृषि सेवा केन्द्र सदरमुकाममा पुग्न कृषकलाई निकै कठिन थियो ।103963340_646947762561673_5917959641149153600_n

साविकको जिल्ला कृषि विकास कार्यलय र कृषि सेवा केन्द्रको सेवा बारे धेरै अनभिज्ञ थिए । बाठो टाठोले मात्र सुविधा लिन्थे । गाउँमा उत्पादित आलु बोकेर रसुवा र नुवाकोटको विभिन्न स्थानमा पु¥याउनु पर्ने बाध्यता थियो । स्थानीय सरकार आउनु अघि कृषि कार्यक्रम सञ्चालन गर्ने लहरेपौवा सेवा केन्द्र स्थापना भएको थियो । यो कृषि शाखाको प्रमुख गौरी शंकर रोकाय हुन । शाखा स्थापना पछि त्यहाँ पुगेका थिए र उनले कृषि क्षेत्रमा केही पनि परिवर्तन भएको देखेनन् । तरकारी बाहिरबाट अयात हुन्थ्यो । खेती गर्नेले पनि आफुलाई पुग्ने तरकारी मात्र उत्पादन गर्थे । सुरुमा कृषि शाखा, कृषि प्राविधिक बारे जानकारी दिने काम हुन्थ्यो । सुरुमा शाखाले दिने सेवा सुविधा र कृषि प्राविधिकले दिने सेवा बारे कृषकलाई बुझाइयो । अहिले कृषक कार्यक्रम माग्न शाखामा पुग्छन् । सिजन अनुसार फलफुलका विरुवा र तरकारीको वीउ लिन जान थालेका छन् । शाखाले पनि वितरण गरीरहेको छ । अहिले गाउँगाउँमा आधुनिक कृषि उपकरण औजार पुगेको छ । गाउँपालिका आउनु अघिको कृषक र कृषि प्राविधिक बीचको समस्या समाधान भएको छ । पूराना प्रविधिलाई विस्तारै हटाउँदै लगिएको छ । मकै छोडाउने, कोदो कुट्ने र खेतबारी जोत्ने कृषि औजार प्रयोग गर्ने कृषक संख्या बढेका छन् । यसले साविकको एउटा गाविसलाई सेवा दिन पनि कठिन हुन्थ्यो । सेवा केन्द्रमा आवश्यक बजेट व्यवस्थापन नहुँदा कार्यक्रम कम मात्र सञ्चालन हुन्थ्यो ।IMG_9902

अहिले कृषि प्राविधिक गाउँ गाउँमा जान्छन्, कृषकलाई भेट्छन् । कृषि शाखाले दिने सेवाबारे बताउँछन् । कृषि शाखाले सिजन अनुसारको खेती लगाउन कृषकलाई प्रोत्साहित गर्छ । आलु रोप्ने समयमा आलुको बीउ, विभिन्न तरकारीका बीउ, धानको बिउ र विषादी वितरण हुन्छ । आलु स्टोरमा राखे वापत र ढुवानी खर्च गाउँपालिकाले दिने गरेकाे छ ।  बेलावेलामा बाली उपचार शिबिर सञ्चालन गर्छन । त्यसैले व्यवसायिक कृषिमा लाग्ने कृषक बढ्दै गएका छन् । गाउँपालिकाले कृषि र पशुपालन तथा फलफुल खेतीमा आत्मनिर्भर बनाउँन विभिन्न योजना ल्याइएको कृषि शाखाका प्रमुख राजु विश्वकर्माले बताए ।103842138_977412422713830_5832949491265234377_n

‘हामीले सामूहिक आउने मागलाई पहिलो प्राथामिकता दिएका छौँ’ उनले भने ‘यसले व्यवसायिक रुपमा हुने कृषि तथा पशुपालनलाई जोड् दिएको छ । यसले व्यक्तिगत रुपमा आएको मागलाई पनि सम्बोधन गरिएको हुन्छ ।’ सामूहिक रुपमा आएको माग भनेको एउटा गाउँमा एकै किसिमको खेती गर्नका लागि आउने निवेदनलाई मान्ने गरेको उनले बताए । २०७२ सालको विनाशकारी भूकम्पको कारण विस्तापित भएर अन्यन्त्र बसोबास गरिरहेका उत्तरगया गाउँपालिका वडा नं १ तिरुका १ सय ६९ घरपरिवार कृषकलाई एकीकृत बस्ती विस्तार गर्न र जिवीकाेपार्जनका लागि ७ हजार किलो आलुकाे बीउ वितरण गरिएको छ । ‘व्यवसायिक रुपमा हुने कृषि तथा पशुपालन र फलफुल खेतीमा जोड दिइ बजेट विनियोजन गरेका छौ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले आयआर्जनका लागि बजेट छुट्याएर काम गर्दछौँ । कृषकले उन्नत जातका बीउविजन लगाउन थालेका छन् । अझै कृषकको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने योजना छ’ गाउँपालिका प्रमुख उपेन्द्र लम्सालले भने । आलुको बीउ उत्पादन सुरु भएको छ । अहिले सबै स्थानीय तहका १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ ।

Comments

comments