कृषि उत्पादकत्व बढाउन अनुदानमा कृषि प्रबिधी र बीउ बितरण

Naukunda Agricalture (1)

रसुवा, असार ८ गते । चालु अार्थिक वर्षमा जिल्लाका पाँचवटै गाउँपालिकामा कृषि जन्य उत्पादन बढाउन छुट अनुदानमा उन्नत बीउ बितरण गरिएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले यसवर्ष दुई हजार ९ सय केजी धानको बीउ वितरण ५० प्रतिसत अनुदानमा गरेको छ । धान रोप्ने समयमा बीउको अभाव हुन नदिन र उत्पादन बढाउनका लागि शाखाले खुमल ४ र खुमल १० जातको धानको बीउ वितरण गरेको हो । रसुवाको बेशी क्षेत्रमा मध्ये असार र अधिकांस टरीखेतमा साउनमा धारन रोपाई गरिन्छ ।

गाउँपालिकामा धान उत्पादनमा वृद्धि गर्नका लागि यो वर्ष २९ सय केजी धानको बीउ वितरण गरिएकोे शाखा प्रमुख सम्भुप्रसाद राईले बताउनुभयो । ‘खुमल–४ पकेट क्षेत्र’ का कृषकलाई ७५ प्रतिशत अनुदानमा १७ सय केजी र पकेट बाहिरका कृषकलाई ५० प्रतिशत अनुदानमा १२ सय केजी धानको बीउ वितरण गरिएको छ ।

कृषि शाखाका अनुसार २४ सय केजी खुमल–४ र ५ सय केजी खुमल १० जातको धानको बीउ वितरण गरिएको उनले बताए । पाटीखर्कमा आगामी वर्षदेखि खुमल–४ धानको बीउ उत्पादन सुरु गरिने भएकाले त्यहाँ ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो । गत वर्ष १ हजार दुई सय केजी धानको बिउ वितरण गरेकोमा यस वर्ष २ हजार ९ सय केजी धानको बीउ वितरण गर्ने लक्ष्य थियो । पकेट क्षेत्रमा ७५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिएको शाखाले जनाएको छ । साबिकको सरमथली गाविस क्षेत्रमा विभिन्न जातका ३ सय ७१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । साथै गाउँपालिकाले वडा नम्बर १ आरुखर्क क्षेत्रलाई लसुन, वडा नम्बर २ यार्सालाई वर्षे आलु, वडा नम्बर ४ सरमथलीलाई कफी, पाटीखर्कलाई खुमल–४ धान, वडा नम्बर ५ खाल्चेतलाई तरकारी, भोर्लेलाई फलफुल, वडा नम्बर ६ लोकिललार्ई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ ।uttargaya

त्यैगरी उत्तरगया गाउँपालिकाले एकवर्ष अघि कृषिका लागि ५० लाख रुपियाँ विनिययोजन गरेकोमा ३९ क्वीन्टर आलुको बीउ पचासप्रतिसत अनुदानमा बितरण भयो । उत्तरगया गाउँपालिकाको ५ मा आलुको पकेट क्षेत्रनै घोषणा गरिएको कृषि प्रमुख राजु बिकले बताउनुभयो । निःशुल्क १ हजार किसानाई ३ हजार तरकारीका प्याकेट र , कृषिचुन १७०० किलो बितरण गरिएको छ भने ७५ प्रतिसत अनुदानमा ३९ वटा मौरीघार, स्वास नेपालसँग समन्वय गरेर ३२ वटा मिनिटिलर, टनेल प्लाष्टिक ९७ वटा, बीउ मकै १२५० किलो, १४ जना किसानलाई १ लाख ४० हजार प्याजका बिरुवा, १४००किलो धानको बीउ, स्प्रेयर ४९ वटा बितरणएको बिकले जानकारी दिनुभयो ।16797066_1543039075724796_629857315709403869_o

आमाछोदिङमो गाउँपालिका कृषि शाखा प्रमुख पुजा बुलुनका अनुसार प्लाष्टिक टनेल १ सय २१ किसालाई र पाईप र ५० प्रतिसत अनुदानमा बितरण गरिएको छ । यसवर्षको पहिलो चौमासिकदेखि हालसम्म निःशुल्क काउली, बन्दा, गोलभेडा, मुला, बरेला, सिमी, बोडी, घिरौलालगायत तरकारीको बीउ २ हजार १ सय ४० परिवारलाई बितरण भएको छ । ८५ जनालाई पचास प्रतिसत अनुदानमा स्प्रिङकल र स्प्रेयर ३० वटा ७५ प्रतिसत अनुदान बितरण गरिएको छ । वडा नं ३ को गत्लाङमा प्रति किसान ५० देखि ५ सय वटा गरी ४ हजार स्याउको बिरुवा र ३ हजार ओखरका बिरुवा ७५ प्रतिसत अनुदानमा बितरण भएको छ ।

त्यसैगरी वडा नं ५ मा च्याउको बीउ २ सय वटा नि:शुल्क वितरण भयो । दिदिबहिनी आमा समूहमा आवद्ध २० जना महिलालाई च्याउ तयार गर्ने तालिम सहित च्याउ टनेल पनि निःशुल्क तयार गरिएको बुलुनले बताउनुभयो ।

कालिका गाउँपालिकाले पनि कृषिका लागि ३० लाख रुपियाँ बिनियोजन गरेकोमा ३ लाख ३२ हजार रुपियाँको निःशुल्क मिनिकिट ७ सय ७५ जनालाई बितरण भएको थियो । बीउमकै ११२० किलो, धान १८९० किलो, गहुँ ३०० किलो, ५० प्रतिसत अनुदानमा मिनिटिलर २५ थान , केही कार्यक्रम सञ्चालन भईरहेको कृषि शाखाकी गोमा पनेरुले बताउनुभयो ।

Naukunda Agricalture (1)गतवर्ष नाैकुण्डमा बितरण भएकाे मिनिटिलर

तस्वीर : नाैकुण्ड गाउँपालिका रसुवा ।

Comments

comments