खैलकुद मैदान निर्माणका लागि नि:शुल्क जग्गा प्रदान

पौष २८ गते । जिबजिबे, रसुवा । कालिका गाउँपालिका वडा नं ५ मा खैलकुद मैदान निर्माणका लागि यहाँको एक कृषि फर्मले जग्गा नि:शुल्क जग्गा प्रदान गरेको छ । कालिका गाउँपालिका वडा नं ५ मा सञ्चालित ठूलोखोरीया कृषि फार्मले खेलकुद मैदान निर्माणका लागि २ रोपनी जग्गा प्रदान गरेको छ ।

कालिका गाउँपालिका, वडा नं ५ ले खेलकुद मैदान निर्माणका लागि योजना विनियोजन भएपछि आवश्यकता मध्येनजर गरी कृषि फर्मका सञ्चालक भीमप्रसाद पौडेल र प्रेमप्रसाद पौडेलले लगानीमा सञ्चालक प्रेमप्रसाद पौडेल र श्रीमती भगवती पौडेलको नाममा दर्ता कायम रहेको उक्त जग्गा नि:शुल्क प्रदान गरिएको हो  । उक्त जग्गा कालिका गाउँपालिकाको मातहतमा रहने गरी आहालडाँडा–मुडुल्लेभञ्ज्याङ टोल विकास संस्थाको नाममा दर्ता कायम गरिएको बताइएको छ ।

छिमेकी ‘उत्पन्नेश्वर टोल विकास संस्था’का अध्यक्ष समेत् रहेका प्रेमप्रसाद पौडेलले खेलकुदलगायत विविध कार्यक्रम सञ्चालनका लागि उक्त जग्गा प्रदान गरिएको बताए ।  खेलकुद विकासका लागि गाउँपालिकाको वियोजित बजेटबाट जग्गा खरीद गर्ने प्रावधान नभएकोले नि:शुल्क जग्गा प्रदान गरिएको पौडेलले बताए । उक्त जमिन स्थानीय मूल्य अनुसार तीन लाख बराबरको रहेको बुझिएको छ ।

Comments

comments