कृष्णसेन ‘ इच्छुक ’ स्मरण

krishanaseen i

जेठ १३ गते पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको सन्दर्भ पारेर प्रेस संगठन नेपालले जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्वको स्मरण गरेको छ ।

 २०५९ साल जेठ १३ गते तत्कालील शासकले महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर उनको कायरतापूर्वक हत्या गरेको थियो । जनपक्षीय पत्रकारितामार्फत् राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको लागि सेनले गरेको योगदान असाध्यै महत्वपूर्ण छ ।

साहित्यका कृष्ण सेन ‘इच्छुक’को सम्झना र सम्मानमा हरेक वर्ष जेठ १३ गते स्मृति दिवस भव्यताको साथ प्रेस संगठन, नेपालले मनाउँदै आएको थियाे । यस वर्ष कोरोना भाइरस (काेभिड १९) का कारण  औपचारिक कार्यक्रमहरू गरेर स्मृति दिवस मनाउन सम्भव नभएकाले यो वर्ष स्मृति दिवसमा केन्द्रीय कमिटीले कुनै अपौचारिक सभा गरेन ।

 मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्ण पालना गर्दै सिर्जनशील कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन प्रेस संगठनले जनाएको छ । साथै, वर्षेनी दिदैं आएको कृष्ण सेन र शक्ति तारा पुरस्कार पनि बन्दाबन्दीको अवस्था हटेपछि सिफारिस समिति बनाएर घोषणा गरिने प्रेस संगठनले जनाएकाे छ ।

Comments

comments