केन्द्रीय सदस्यमा लड्दैछन्  : सुरेश

12308322_1801102240116369_4072209072828892817_n

२२ माघ, रसुवा ।

रसुवा ठूलोगाउँ गाविस– ७ का सुरेश अधिकारी आगामी माघ २७ देखि २९ सम्म राजधानीमा हुने अनेरास्ववियुको केन्द्रीय सदस्य जित्ने अठोटका साथ तयारीमा जुटका छन् । उनी ‘पैसा हुनेहरुले लिने शिक्षा र नहुनेहरुले लिने शिक्षा को दुरि शुन्य बनाउने, योग्यताअनुसारको रोजगारको ब्यवस्था गराउने, निजी होस् या सरकारी सबै शिक्षण संस्थामा अनेरास्ववियुको सङ्गठनको पहुच पुर्याउने” संकल्पका साथ केन्द्रीय कमिटीमा पुगी विद्यार्थी सङ्गठनमार्फत सामाजिक सेवामा संकल्पीत हुने बताउछन् ।

सुरेश अधिकारी काठमाडौंस्थित एनआर क्याम्पसमा अनेरास्ववियुको अध्यक्षको भूमिका निर्वाह गरिसकेका दक्ष र राजनीतिक अनुभवी व्यक्ति हुन् । साथै उनी अनेरास्ववियु राष्ट्रिय पार्षद् पनि हुन् । उनी काठमाडौंमा विद्यार्थीमाझ लोकप्रिय विद्यार्थी नेता हुन् । संगठन भित्र बौद्दिक्, सालिन्, भद्र, इमानदार र बैचारिक नेताको रुपमा चिनिन्छन् ।

रसुवा तथा नुवाकोटबाट राजधानीका विभिन्न कलेजहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि विभिन्न तवरले सहयोग पु-याएका अधिकारी सबैको प्रिय नेता बन्दै गएका छन् । रसुवा जिल्लाबाट उनी केन्द्रीय सदस्य बन्ने पक्का भएको छ । उनी अनेरास्ववियुको संस्थापन पक्षको नविना लामा नेतृत्वको प्यानलबाट महाधिबेसनमा केन्द्रीय सदस्यको लागि लड्दै छन् ।

Comments

comments