केन्द्र प्रमुख भेला तथा वित्तीय शाक्षारता कार्यक्रम सम्पन्न

79380390_440332546648457_6215277569525153792_n

कालिकास्थान, रसुवा । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिको आयोजनामा केन्द्र प्रमुख तथा वित्तीय साक्षारता कार्यक्रम कालिकास्थानमा ०७६ मंसिर २५ गते सम्पन्न भयो ।

केन्द्रका तर्फबाट चमेली बिकको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष सीता कुमारी पौडेल अधिकारीले वित्तीय संस्थाहरुले गाउँगाउँमा वित्तिय शाक्षारता कार्यक्रम गर्नु निकै राम्रो हुने र विपन्न तथा पछि परेका समूदायमा जाे लगानी अभावले भएकाहरूलाइ सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमा  रसुवाकाे कालिका, उत्तरगया , नाैकुण्ड तथा नुवाकाेटकाे किस्पाङ, सूर्यगढी गाउँपालिकाबाट केन्द्रका प्रमुख तथा प्रतिनिधीहरू सहभागि थिए । 79380390_440332546648457_6215277569525153792_n

कार्यक्रममा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि का प्रदेश प्रमुख देशबन्धु चौधरीले संस्थाको कार्यक्षेत्र तथा  वित्तीय सेवा बारे जानकारी दिनुभयो । कार्यक्रममा ३ नं प्रदेशका अनुगमन अधिकृत मधुराम खत्री, कालिकास्थान शाखा प्रबन्धक बिनोद खतिवडालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बढी अंक ल्याएर पास हुने कालिका गाउँपालिका -५ का अस्मिता लामिछानेलाइ (विद्यार्थीका अभिभावक) मार्फत प्रमुख अतिथीले पुरस्कार तथा सम्मान पत्र प्रदान प्रदान भयाे । ०६७ मंसिर २२ गते स्थापना भएकाे संस्थाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा शाखाले २१ लाख ५० हजार रूपियाँ नाफा गरेको शाखा प्रमुख खतिवडाले जानकारी दिनुभयाे ।  80075590_454411462150913_1962739572542537728_n

त्यसै गरी स्याफ्रुमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शाखाले चार महिनामा साढे ३४ लाख नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म  ३४ लाख ५७ हजार रूपियाँ नाफा गरेको छ ।

शाखाले गतसोमबार धुन्चेमा आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको अवसरमा आम्दानी बढेको तथ्य सार्वजनिक गरेको हो । संस्थाले ७५ लाख १० हजार आम्दानी गरेकोमा ४० लाख ५३ हजार रूपियाँ खर्च भएको छ । शाखाले चार महिनामै ६ करोड ३८ लाख ७५ हजार लगानी गरिसकेको छ । आठ करोड ७६ लाख ३० हजार रूपियाँ साँवा बाँकी छ भने पाँच करोड ५९ लाख ९७ हजार रूपियाँ बचत रहेकाे छ भने शाखामा एक हजार चार सय २५ सदस्य पुगेका छन् । २०६७ पुस २२ गते स्थापना भएको शाखाले गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ । गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ पनि आगामी आवदेखि कार्यक्रम विस्तार गर्ने योजना रहेको शाखा प्रबन्धक लोकनाथ पौडेलले बताउनुभयाे । त्यहाँ हालसम्म वित्तीय पहुँच पुग्न सकेको छैन । कार्यक्रमका अवसरमा तीनवटा केन्द्रलाई सम्मान गरिएको छ । जसमा थाम्बुचेत महिला समूह पहिलो, गोसाइँकुण्ड महिला समूह दोस्रो र लिङलिङ महिला समूह तेस्रो भएका छन् । त्यसैगरी संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बढी अंक ल्याएर पास हुने नितेश घलेलाई सम्मान गरेको छ । संस्थाले आफ्ना सदस्यका छोराछोरी मध्येबाट एसइईमा राम्रो अंक ल्याउनेलाई सम्मान गर्दै आएको छ ।

यो वित्तीय संस्थाको अधिकृत पुँजी १ अर्ब र जारी तथा चुक्ता पुँजी ७७ करोड ३४ लाख रहेको छ । वित्तीय संस्थाले लघुवित्त सेवा विस्तार गर्ने क्रममा ७२ जिल्लामा १ सय २० वटा शाखा स्थापना गरिसकेको छ । शाखामार्फत २ लाख ४ हजार ८ सय ७४ सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको प्रदेश प्रतिनिधि मधुराम खत्रीले बताए ।78927323_2453615611569027_5817608738021834752_o

Comments

comments