केरुङ नाका स्तरोन्नती गर्न व्यवस्थापिका संसद विकास समितिलाई ज्ञापन पत्र

rrr

धुन्चे, रसुवा
रसुवागढी केरुङ नाकाको स्तररोन्नतीका लागि व्यवस्थापिका संसद विकास समितिको टोलीलाई जिल्लावासीका तर्फबाट सडक बिस्तार तथा स्तरोन्नती गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोलीलाई सदरमुकाम धुन्चेमा जिल्लाका सरोकारवाला निकायसँग छलफल पछि रसुवा जिल्लाको सडक बिस्तार तथा स्तरोन्नतीका लागि रसुवा उद्योग बाणिज्य संघले जिल्लाको तर्फबाट व्यवस्थापिका संसद विकास समितिका सभापतिलाई २ बुदे ज्ञापन पत्र पेश गरेका हुन् ।

छलफलमा एनेकपा माओबादीका माधब लामिछानेले अहिलेको संरचनामा अगाडि बढ्न नसक्ने हुँदा दीर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सरकारी निकायबाटै कालोबजारी भईरहेको बताउदै उहाले रसुवागढी नाकाबाट चीन प्रबेश गर्न एकदिने पास मात्र दिईएकोमा आक्रोश व्यक्त गरे ।

यस्तै नेपाली काग्रेसका लामाकार्पु तामाङले पनि यहाँको समस्यालाई जस्ताको तस्तै माथिल्लो निकायमा जानकारी गराउनुपर्ने बताउदै सडकको स्तोरन्नती गर्नुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रसका सभापति तथा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले नागरिकहरु घर बनाउन सरकारको भर परिरहेकाले आवास निर्माणका लागि सरकारले दिने रकममा अन्यौलता रहेको बताए ।

यस्तै गरीस्थानीय विकास अधिकारी बिष्णुप्रसाद कोईरालाले सडक स्तरोन्नती गर्न ३ तरिकाबाट अघि बढ्नुपर्ने बताउदै साधुरो सडकहरु ६÷७ दिनमै सडकको स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । बोलपत्र आहन सम्बन्धि सूचना परम्परागत तथा लामो भएको बताउदै छोट्टाउनुपर्ने बताए ।
यस्तै सडक बिभाग काठमाण्डौका मध्यमाञ्चल क्षेत्रीय निर्देशक किशोरनाथ गोङगलले दीर्घकालिनका कालिकास्थान धुन्चे स्याफ्रुको बाटो उपयुक्त नभएको हुदाँ साधुरो सडकममा तत्कालको लागि १ सय ५० मिटरमा पार्किङ स्थल बनाउने निर्णय भएको बताए ।

कार्यक्रममा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले यहाको समस्याहरुको प्रतिबेदन तयार पारी सरकारलाई बुझाउने र सार्वजनिक गर्ने बताए । उनुभएको छ । उनले रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेको हुदा सरकारले भुकम्पबाट पीडितलाई आवास निर्माणका लागि २ लाख दिने निर्णय भैसकेको र चाडै नै लागू हुने समेत बताए । कार्यक्रममा सहभागिहरूले सडकको स्तोरन्नती गर्न माग गर्दै कार्ययोजना बनाउन माग गरेका छन । टोली केरुङसम्म पुग्ने र सडकलगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।

Comments

comments