केही गर्दैन काङ्ग्रेसको गालीले : जितिसक्यो महिलाको र्यालीले

23519253_931243710370120_8771825504425737804_n

हास्य कलाकार पुरुषोत्तम भण्डारीले माथिको गीत गाइरहँदा रसुवाका २ हजार ५ सय महिलाले बजाए तरररररर ताली । सयौं युवतीसमेत् सिठ्टी फुक्न थाले । लाग्थ्यो त्यो कुनै रङ्गमञ्चको कार्यक्रम हो ।

रसुवाका बामपन्थी महिलाहरूको चुनावी सभामा कलाकार भण्डारीले सन्देशमूलक गीत गाए, सबैलाई मनोरञ्जन पनि दिएर नचाए । छोरो बिदेश, बुहारी शहरमा बसेको अनि बुढो बाउ बृद्दा भत्ताको सहारामा बसेको कथनलाई गीतमार्फत् प्रस्तुत गरिरहँदा भने कलाकारले सबैलाई भाविक बनाए । यस्ता समस्यालाई कम्युनिष्ट सरकारले गरेको कार्य आवश्यक रहेको बताउँदै कालाकारले बामपन्थीलाई जिताउन सबैलाई आग्रह समेत् गरे ।

Comments

comments