कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न

जीपी-फाउन्डेसन-रसुवा

रसुवा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन रसुवाको भिडियो कन्फरेन्स सम्पन्न भयाे । फाउन्डेसन रसुवाका अध्यक्ष जनक जीवन उपाध्यायकाे संयोजकत्वमा भएकाे भिडियो कन्फरेन्समा कोरोना भाइरस (कोभिड–१९) ले विश्व मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गरेकाे विषयमा छलफल भएकाे फउण्डेसनले जनाएकाे छ ।

कोइराला फाउन्डेसन रसुवाका बलराम न्यौपाने, उत्तम थापा, उत्तम पौडेल, प्रसुनराज गुरुङ, ग्यानु बुलुन, मकर तामाङ, रामप्रसाद पौडेल, चन्द्र तामाङलागायत  फाउन्डेसनका पदाधिकारी तथा सदयहरुले भिडियो कन्फरेन्समार्फत समग्र रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव र दीर्घकालसम्म अपनाउन पर्ने सजकताको विषयमा छलफल भएकाे कोइराला फाउन्डेसनले जनाएकाे छ ।  कोरोना भाइरसबाट जिल्लामा कोही पनि संक्रमित नदिखियको र अझै रसुवा जिल्लामा कोरोना प्रकोप फैलlन नदिन सम्पूर्ण जनसमुदायमा बन्दाबन्दीकाे पूर्ण रुपमा पालना गर्न गराउन हुन अनुरोधका गर्ने निर्णय भएकाे जनाएकाे छ ।

फाउण्डेशनका सबै तहका सदस्यहरूको वस्तुस्थिति बुझ्ने , सुरक्षित रहेर समाजसेवामा आफ्नो योग्दान जारी राख्न र सरकारले दिने राहत सामग्री न्यायोचित वितरण र न्युन आय भएका श्रमजीविहरूसम्म पुगे नपुगेको निगरानी राख्न अझैपनि जरूरी भएकाले आ-आफ्नो कार्यक्षेत्रमा सक्रियता पूर्वक क्रियाशील रहन निर्देशन दिने निर्णय गरेकाे छ ।

रसुवा जिल्लामा ल डाउनकाे पूर्ण रुपमा पालन गर्न गराउन सफल हुन नसकेको र नाकाबाट केही गाडीको आवतजावत देखिएको, टिमुरेमा केही चिनियाँ नागरिक समेत देखियको जानकारी आएको र बेत्रावती नाकाका चोर बाटोबाट पैदल यात्रु तथा सबारीसाधनको आवत भै रहेको हुँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन समक्ष संयमित भै कडाइ  गर्न गराउन सम्बन्धित निकाय समक्ष अनुरोध गर्ने , सडक यातायात बन्द भनियता पनि निर्माण आयोजनाका गाडी तथा सामाग्री ढुवानीको साधनबाट जोखिम देखिएको हुँदा तत्काल सम्पुर्ण निर्माण आयोजनाका सबारीसाधन पनि बन्द गर्न र जिल्लामा लक डाउन सरकारी नियम भन्दा पनि जनहितको लागि गरियको भन्ने संदेश संप्रेसण गर्न आवश्यकता देखिएको हुँदा सरोकारवाला निकायमा अनुरोध गर्ने ,  सम्पूर्ण सहयोगी दाताहरु विपदको घडीमा जोडिन र एकद्वार प्रर्णाली ( जिल्ला विपद ब्यवस्थापन समिति, वडा कार्यालय, गाउँपालिकाको कार्यालय ) मार्फत सहयोगको लागि अपिल गरेकाे फाउन्डेसनका अध्यक्ष जनकजीवन उपाध्यायले बताउँनुभयाे ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीसंग जुध्नका लागि आवाश्यक पर्ने अर्थको व्यवस्थापन राज्यले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट, प्रदेश र संघीय सांसदको, संसद विकास कोषको बजेट रकमान्तर गर्नुका साथै स्थानीय निकायदेखि संघीय सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र पूर्व विशिष्टसम्मको तलब भत्ता र सुविधाबाट कम्तिमा ४०% रकम कटौती गरेर भएपिन कोरोना भाइरस (कोभिड–१९) काे महामारीमा कुशल व्यवस्था गर्न अनुरोध गर्ने, कोरोनाको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीका साथै स्वास्थ्यकर्मी र सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न तलब भत्तामा शतप्रतिशत वृद्धि गर्न, यस्ताे समयमा सरकारको उपस्तिथि ठूला कमिसन खाने, कर्मचारीहरु बिपत्तिको नाममा भत्ता बढाउने र स्थानीय निकाय राहतको नाममा कमिसनको खेतीमा लागेको भन्ने व्यापक जनगुनासो आएको हुँदा यस्तो नगर्न र नगराउनहुन अनुरोधका साथै  साथै राहत बितरण न्यायोचित र पारदर्शी रुपमा बितरणका लागि अनुरोध गर्दै आवश्यक परेमा फाउन्डेसनले समन्वयकारी भूमीका निर्बाह गर्न सहयोग गर्ने  र  कोरोना भाइरस बाट बच्न नेपालका आउने हवाइ तथा स्थल मार्ग पूर्ण रुपमा बन्द गर्न र चीन तथा भातरबाट नेपालकाे खुल्ला नाका पूर्ण रुपमा बन्द गर्न जोड्दार माग गर्ने  निर्णय भएकाे कोइराला फाउन्डेसन रसुवाले जनाएकाे छ ।

Comments

comments