कोरोना कहालीको गैरचिकित्सकीय सङ्कथन

बीसाैं शताब्दीको उत्तराद्र्ध तथा २१ औँ शताब्दीको प्रारम्भका दशकमा फैलिएका क्षेत्रगत महामारीले मानव सभ्यतामाथि सामान्य चुनौती थप्ने गर्दथे । खासै अभिलेख नभए पनि यदाकदा ‘ब्ल्याक डेथ’ नामक प्रकोपबाट १४ औँ शताब्दीमा विश्व नै आक्रान्त भएको देखिन्छ । प्रथम विश्वयुद्ध समापनलगत्तै स्पेनिश फ्लू नामक हैजाको विश्वव्यापी भीमकाय सन्त्रासमाथि भने प्रशस्तै चर्चा भएको छ ।

त्यसको एक शताब्दीपछि अहिले कोरोना भाइरसको भय उत्कर्षमा छ, विश्वलाई आतङ्कित बनाइरहेको छ । सम्भवतः मानव सभ्यताकै जटिल अनि शताब्दीकै उच्च कहरपूर्ण अवस्थाको महसुस हुँदैछ । चाइनिज भाइरस भनेर चीनलाई व्यङ्ग्यसहित र लकडाउनको बर्खिलापमा अभिमान तथा अहंकार उत्सर्जन गर्ने देश अहिले अधिक ग्रस्त छ । हाम्रो नजिकको मित्रराष्ट्र भारतलाई समेत हायलकायल बनाइरहेको यस अदृश्य सन्नाटाले नेपालमा समेत बृहत् असरहरू पार्दैछ ।

सिङ्गो जनस्वास्थ्यमाथि चुनौती थपिएको छ । सेनिटाइजर, भेन्टिलेटर, आइसोलेसन, आइसीयु, क्वारेन्टिन, स्वाब परीक्षण, पीसीआरलगायतका चिकित्सकीय सन्देश र सन्दर्भ परिभाषित गर्ने शब्दहरू व्यापक प्रचलनमा आएका छन् । औषधि पत्ता लगाउने र खोप परीक्षण गर्ने होडबाजीले निराशामा बाँच्न अभिशप्त मानव सागरलाई अनवरत पर्खाइमा अभ्यस्त बनाउँदैछ तर महामारीका लक्षण, सङ्क्रमण तथा असरहरूमा एकरूपता छैन । विश्व स्वास्थ्व सङ्गठन स्वयं गम्भीर द्विविधा तथा अस्पष्टताको उल्झनमा देखिन्छ । परस्परविरोधी र बेमेलका अनुरोधहरू सार्वजनिक गरिरहेको हुन्छ ।

सङ्क्रमित आमाले स्तनपान गराएको शिशुमा सङ्क्रमण भेटिँदैन । सङ्क्रमितसँगै बसेका परिवारका सदस्यमा समानस्तरको सङ्क्रमण छैन । अधिक सङ्क्रमितहरू सामान्य हेरविचारबाट नै निको हुन्छन् । कोही एक हप्ताभन्दा पनि छिट्टै सङ्क्रमणमुक्त भएको देखिन्छ । आयुर्वेदिक पद्धतिबाट आधुनिक चिकित्सकीय माध्यमभन्दा छिटो सङ्क्रमितहरू निको भएको समाचार ‘गोरखापत्र’को प्रथम पृष्ठमा नै केही पहिले प्रकाशित भएको थियो । सङ्क्रमणमुक्त भएकामा समेत कसैमा पुनः सङ्क्रमण देखिन्छ । एउटै व्यक्तिको परीक्षणमा पनि फरक ल्याब (प्रयोगशाला)मा फरक÷फरक नतिजा आउँछ । यी विभिन्न असमान अवस्थाले एउटा समान निष्कर्षचाहिँ के दिन्छ भने यो रोगको जोखिमसँग तर्सनेभन्दा बलियो आत्मबल निर्माण अनि प्रतिरोधी क्षमताको अभिवृद्धि मुख्य पक्ष हुन् । तसर्थ चिकित्सकीय उपचारपद्धतिका अतिरिक्त कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता अभिवृद्धि हुने गैरचिकित्सकीय अभ्यासको अवलम्बन व्यापक गर्नु÷गराउनुपर्छ । विषाणुजन्य महामारीका लागि वातावरण नै असहज बनाउनुपर्छ । औषधोपचारसँगै आचरण परिमार्जनको नयाँ गैरचिकित्सकीय धारसमेत शिरोपर गर्नुपर्छ ।
अपेक्षित आचरण

विशेषतः पराम्परागत वैदिक सभ्यतामा आधारित जीवन आचरणको अवलम्बन यस्ता सङ्कटको सहज समाधानमा निकै उपयोगी हुने कुरा ‘युरोपियन इन्स्टिच्युट अफ वेदिक स्टडिज’का विभिन्न अनुसन्धानले सावित गरिसकेको छ । यस कोरोनाजन्य महामारीबाट सुरक्षित रहन अवलम्बन गर्नुपर्ने भन्दै सुझाइएका उपाय पूर्वीय वैदिक सभ्यताको जग – वेदमा आधारित ग्रन्थहरूमा धेरै पहिले लेखिएका देखिन्छन् । हाम्रा आहारविहारका प्रमुख चरित्रका रूपमा ती विशेषता पहिल्यैदेखि स्थापित छन् ।
कोरोना रोग त अवश्य हो तर रोगभन्दा बढी हामीले शक्ति, विकास तथा आधुनिकताका नाममा प्रवद्र्धन गरेको अवैज्ञानिक, अहंकारी तथा आडम्बरी सामाजिक चरित्रको असफलताको बेजोड उदाहरणसमेत हो । आधुनिकताका ‘ब्यानर’मा पे्रषित जीवनदर्शनका ढाेंगी र कुत्सित व्यवहारको प्रचुर प्रभाव पनि हो ।

आत्मीयताको नाममा जसको पनि जुठो खाने, अधिकांश खानेकुरा काँचो खाने, जसङ्कफुड अथवा पत्रुखानामा भर पर्ने, नाम चाहिं ‘नरम पेय’ तर स्वास्थ्यमा कडा÷कडा असर पार्ने पेयपदार्थ पिउने, सबैका थुक खकार तथा पिसाब मिसिएका स्विमिङ् पुल (पौडीपोखरी) मा नुहाउने, कागजले आची पुछ्ने जस्ता कथित आधुनिक र विकसित भनिएका व्यवहारहरू रोग पैmलवाटका सहज अवस्था हुन् । व्यायाम नगर्ने, विषाक्त विहार गर्ने, लामो समय सञ्चय गरिएकाले स्वास्थ्यवद्र्धक पोषण समाप्त भई लगभग सड्ने अवस्थामा पुगेका तरकारी तथा फलपूmल उपभोग गर्ने जस्ता व्यवहार भएको जनजीवनमा यस्ता विषाणुयुक्त सङ्क्रमण सामान्य हो । त्यस्तो जीवनचर्याले आम मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित छन् ।

वैदिक दर्शनमा आधारित प्राचीन पूर्वीय सनातनी सभ्यता निकै वैज्ञानिक देखिन्छन् । वेद, उपनिषद्, पुराण, धर्मशास्त्र, रामायण, महाभारत जस्ता ग्रन्थले निर्देशन गरेको जीवन कौशलका ती उन्नत अभ्यासले मानिसमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने र यस्ता विषाणु÷कीटाणु सङ्क्रमणलाई सहजै निस्तेज गर्नेसमेत देखिन्छ । प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङ्ले कुनैबेला वेद संसारको सबैभन्दा उत्कृष्ट विज्ञान भनेर टिप्पणी गरेको कुरा प्रसिद्ध पत्रिका ‘द इकोनोमिक टाइम्स’मा प्रकाशित थियो । अहिले पनि वेद र यसमा आधारित ग्रन्थ विभिन्न भाषामा अनुवादित छन्, संसारका नामुद दर्जनौँ विश्वविद्यालयमा पढाइ हुन्छ, कतिपयमा विभाग नै खोलिएका छन् । यसको वैज्ञानिकतामाथि निरन्तर बहसका शृङ्खला चल्छन्, व्यापक अध्ययन÷अनुसन्धान भएका छन्, उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपालमै आएर अध्ययन गरेका छन् । नेपालमा स्वामी प्रपन्नाचार्यकृत ‘वेदमा के छ’ र भारतमा जगदीश चटर्जीको ‘द विज्डम अफ वेद’ यसका ज्वलन्त उदाहरण हुन् ।

फरक/फरक दूरीमा आवास बनाएर बस्ने, सम्मानका लागि निश्चित दूरीबाट नमस्कार गर्ने, स्वउत्पादित स्वस्थ अनि पौष्टिक भोजन गर्ने, आफैँले पालेका मात्र पशुपक्षीको आहार गर्ने, शौचालयलाई वासस्थानभन्दा अलिक पर बनाउने, बाहिरफेरबाट आएपछि पोसाक फेर्ने, हातखुट्टा सफा गरेर मात्र घरमा प्रवेश गर्ने, आगोमा हात सेकाएर मात्र अरूलाई छुने, आफैँले उत्पादन गरेका अर्गानिक तथा स्वास्थ्यवद्र्धक उत्पादन प्रयोग गर्ने कुराको महत्व अहिले प्रमाणित हुँदैछ । विषाणु निर्मूल पार्न गाईको गोबरले घर लिप्ने, गहुँतको सेवनले शरीरलाई स्वस्थ राख्ने, निवास परिसरमा फूल रोपी सुगन्धित बनाएर कीटाणु भगाउने, अक्सिजन धेरै दिने वर र पीपलका रुख रोप्ने कार्यको वैज्ञानिक आधार बल्ल देखिँदैछ । कपडालाई उमालेको खरानी पानीमा धुने, सहज पाचनका लागि बेलुकीको खानासमेत बेलैमा खाने, दूध दही मोही जस्ता खानामा जोड दिने, खानपिनमा परिवारका सबै सदस्य भेला हँुदै आत्मीयता प्रगाढ बनाउने र त्यसपछि नीतिकथा सुन्ने, सुनाउने गरेर चरित्र निर्माणमा समेत योगदान गर्ने सुन्दर अभ्यास हाम्रो समाजको अनुपम आभूषण थियो ।

बिहान सबेरै उठेर हिँडडुल गर्ने, शारीरिक स्वास्थ्य र सुगठन बढाउने खेलहरू खेल्नेसँगै पहिरनमा समेत न्यानो, शरीर पूरै ढाक्ने, कतैबाट चिसो नपस्ने खालका लुगा लगाउने अभ्यास थियो । यी खालका व्यवहार मानिसको मानसिक र शारीरिक स्वास्थ्यका प्रमुख कवच थिए भनेर अहिले बुझिँदैछ । शरीरलाई आवश्यक पर्ने भिटामिन, प्रोटिन, मिनिरल (खनिज) को राम्रो सम्मिश्रण भएको दालभात, ढिँडो, तरकारी, अचारलाई पाउरोटीलगायतका पत्रु खानाले जबर्जस्त प्रतिस्थापन गर्दैगर्दा मानिसहरू रोगोन्मुख हुनु स्वाभाविक हो । कुनै पनि औषधि तथा खोप नभएको अहिलेको अवस्थामा सङ्क्रमणमुक्त भएकाहरूलाई दिइएको उपचारपद्धतिसमेत प्रतिरोधी क्षमता बढाउने प्रयास नै हो । वुहानमा पनि तातो पानी तथा पौष्टिक आहारको नियमित सेवनलाई मुख्य उपचारपद्धति बनाइएको भनिएको थियो । संसारभर रोगप्रतिरोधी क्षमता अभिवृद्धिमा अचुक मानिएका बेसार, कागती, लसुन, गुर्जो, अश्वगन्धा, मह, त्रिकुट, अमला, यष्टिमधु, अदुवा आदिको प्रयोगलाई जोड दिँदा यहाँ प्रधानमन्त्री स्वयं अस्वाभाविक, प्रायोजित तथा आग्रहपूर्ण ‘ट्रोल’को शिकार बन्नुभयो । भारत र अमेरिकामा ‘इम्युनिटी बुस्टर’ भनेर बेसारको व्यापक विज्ञापन तथा व्यापार हुँदैछ । हामीचाहिँ आफैँभित्रका व्यवहारको वैज्ञानिकताप्रति अनभिज्ञ तथा पूर्वाग्रही बन्दैछौँ ।
ग्रामीण भेगमा अभैm पनि स्वस्थ प्रकारका जीवन प्रचलन अभ्यासमा छन् । सहरमा आधुनिकताका नाममा अस्वस्थ जीवनचर्याको अधिक बढोत्तरीका कारण यस्ता रोगको महामारी जहिल्यै पनि व्याप्त रहन्छ । कोरोनापछि लगत्तै अरू यस्ता भाइरस आउँदैनन् भन्ने छैन । कुनै विशेष औषधि वा खोपले विश्वलाई सदैव ढुक्क बन्ने अवस्था निर्माण गर्दैन । खोप नबन्न सक्छ, बने पनि सहज नहुन सक्छ । समुदाय र जीवनचर्या नै रोगोन्मुख भएपछि अस्पतालमा खोप लिएर घर जानेबित्तिकै अथवा एउटा खोपको प्रभावकारिता समय सकिएलगत्तै फेरि सङ्क्रमणको जोखिम हुने सम्भावना पनि नकार्न सकिँदैन ।

त्यसैले औषधिको आशासँगै आम जीवन आचरणलाई आमूल परिवर्तन र शुद्धीकरण गर्दै प्रतिरोधी क्षमता बढाउन सिद्धभएको आरोग्यताको प्राचीन अभ्यासको पुनर्जागरण तथा नागरिक अभिमुखीकरण चाहिँ यस्ता त्रासको दीर्घकालीन औषधि हो । कोरोनालाई केवल चिकित्सकीय कौशलले मात्र काबुमा राख्न सक्ने अपेक्षा लिनुु अन्त्यहीन अभिलाषा हुनसक्छ । तसर्थ चिकित्सकीय प्रयासलाई सहयोग र सम्मान गर्दै गैरचिकित्सकीय पद्धतिको सबल अवलम्बन गर्नुपर्छ । त्यस्तो गैरचिकित्सकीय उपासना अपेक्षित परिणाममा सफल र सिद्धहस्त हुनसक्छ ।

(लेखक प्राध्यापन गर्नुहुन्छ ।)  गाेरखापत्रबाट

Comments

comments