शिव न्यौपाने
कोरोना तिमी कति खतरनाक छौ हामी अचम्मित पनि छौ कोरोना तिमी आफै भन एक्कासी चीनको बुहान शहरमा जन्मिएर विस्वभरका मानिसका ज्यान लिदै आम नागरिकलाई त्राश फैलाउदै लाखौ ब्यक्तिहरूलाई मृत्यु मुखमा पुर्यायौ । कोरोना तिमी निकै खतरानाक छौं । त्यसैले म भन्छु कोरोना तिमी कति खतरनाक छौ ? हामी अचम्मित पनि छौ तिमीले हाम्रो मन्दिर, मस्जिद , चर्च , गुम्बालाई पनि सुरक्षित हुन दिएनौ मानव शरीरमा प्रवेश गरी हामीलाई तनाब गरायौ आफन्त–आफन्त बीचको भेटघाटको दुरी टाढा गरायौं सानो जात र ठूलो जात वीचको छुवाछुतबाट हैन यो कोरोना भाइरसको संक्रमणबाट टाढा बस्न पर्ने गरायौ ।
२०७२ सालको विनासकारी भूकम्पले घर बाहिर खुल्ला चौर मा बस्न सिकाए झै २०७७ सालमा तिमी आएर बाहिर हैन घरभित्रै राख्यौ । त्यसैले म भन्छु कोरोना तिमी कति खतरनाक छौ मानिसको मुर्खताबाट हुन आएको संकटकाे पाठ सिकायौ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घमण्डले देशले ठूलो मनवीय क्षति बेहोर्न परेको प्रत्यक्ष देखायौ । प्रकृतिलाई माया गर्नु पर्छ रोगदेखि होसियार हुनपर्छ भन्ने पाठ पनि सिकायौ । प्रकृतिले दिएको नदिनाला, बोटबिरुवा, हाम्रो सुन्दर हिमाल होइन कोरोना तिमीले मानबजातीलाई मात्र मुख्य आहार बनायौ कोरोना तिमिले गर्दा आज धनी र गरिब वीच सिमाङ्कन भएन, शिक्षित अशिक्षित कोही बाँकी रहेन ऋण गरेर भर्खर सुरु गरेको व्यवसाय तहसनहस पारिदियौ धनी रास्ट्रहरुलाई पनि तनाब गरायौ ज्यालादारी काम गरेर पेट भर्ने कामदारहरुको पनि बिचल्ली पारिदियाैं कोरोना अहिले त हामीलाइ तिम्रो संक्रमणबाट मर्ने डर , अर्को तिम्रो कारण खानै नपाइ भोकै मर्नु पर्ला भन्ने डर त्यसैले म भन्छु कोरोना तिमी कति खतरनाक छौ हामी पनि अचम्मित पनि छौ ।
उत्तरगया – ४ कर्मीडाडा , रसुवा