कोरोना भाइरस नियन्त्रण सम्बन्धी सचेतना

84048185_767459157082866_5306029114606485504_n

रसुवा, माघ २९ गते । मित्रराष्ट्र चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल चीन सिमाना रसुवागढी हेल्पडेक्स थप प्रबिधि व्यवस्थापन गरी गोसाँइकुण्ड गाउँपालिका–३ स्थानमा सचेतना कार्यक्रम सम्पन्न भयाे । 84048185_767459157082866_5306029114606485504_n

नाकामा खोलिएको हेल्पडेक्समा थप आवश्यक स्वास्थ्यकर्मी तथा औषधि र उपकरण नियमित गरेर चीनतर्फबाट आउने यात्रुलाई १०० डिग्री फरेनहाइट भन्दा बढिज्वरो आएको भेटिएमा तत्कालै एम्बुलेनसबाट जिल्ला अस्पतालमा पु¥याउने र त्यहाँ संक्रमित आशंका लागेमा तत्कालै एम्बुलेन्सको सहायताबाट काठमाण्डौ रेफर गर्ने व्यवस्था गरिएको गोसाइकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले बताउँनुभयो ।

अहिले कोरोना भाइरस बारे उच्च सतर्कता अपनाएर बिरामीको सुरक्षा र अस्पतालमा आवश्यक पर्ने सामग्री पर्याप्त व्यवस्था गरिएको गोसाँईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउँनुभयो । विपद व्यवस्थापन कोषले गाउँपालिका भरीका ३ स्थान धुन्चे, स्याफ्रु र टिमुरे सचेतना कार्यक्रम सकिएको र स्रोत साधनले सकेसम्म तयारीगरिएको गाउँपालिका अध्यक्ष कैसाङनूर्पु तामाङले बताउनुभयो । सचेतना कार्यक्रममा कोराना बारे जानकारी, यसबाट बच्नुपर्ने उपाय बारे जनचेताना दिइएको प्रमुख घिमिरेले बताउनुभयो । रसुवागढी नाकमा नाका पनि अघोषित रुपमा बन्द रहेको र केरुङमा बस्दै आएका ३ सय जना नेपाल आएका छन् ।

केरुङमा काम गर्न पुगेका करिब तीन सय नेपाली नेपाल फर्किसकेको सीमा प्रहरी चौकी टिमुरेले जानकारी दिएको छ । यस अघि दैनिक सयौँको संख्यामा स्वदेशी तथा विदेशीहरूको आवतजावत हुने गरेको थियो । चीनको केरुङमा सामान लिन हिँडेका सयभन्दाबढी कन्टेनर लामबद्ध रोकिएका छन् । कोरोना भाइरसका कारण भन्सारबाट अहिले आयात तथा निर्यात न्युन भएको छ । २ सातादेखि त्यहाँबाट ३ सय जना मानिस भित्रिएको रसुवागढीमा खोलिएको हेल्पडेक्सले जनाएको छ । चीनबाट आउने ब्यक्तिको हेल्पडेक्सले स्वास्थ्य परीक्षण गरी संकास्पद संक्रमित बिरामी भेटिएमा तत्काल एम्बुलेन्सबाट जिल्ला अस्पताल ल्याउने र थप परीक्षण गरी काठमाण्डौ लैजाने व्यवस्था गरिएको छ ।

Comments

comments