नेपालमा कोरोना संक्रमण बढेकाे छ । बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ९४ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ७८ जनाको मृत्यु भएको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७५ लाख ४६ हजार ७ सय ६ पुगेको छ। त्यस्तै भारतमा ६७ लाख ५७ हजार १ सय ३१, ब्राजिलमा ५० लाख ६ सय ९४ र रुसमा १२ लाख ४२ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ५४ सय ५ सय ३७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ११ हजार ७ सय २५, ब्राजिलमा १ लाख ४८ हजार २ सय २८, मेक्सीकोमा ८२ हजार ७ सय २६, बेलायतमा ४२ हजार ६ सय ५, इटालीमा ३६ हजार ६१ जनाको मृत्यु भएको छ। विश्वभर दुई करोड ५१ लाख २७ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन्। उता बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
यो सहित निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । त्यस्तै, बिहीबार थप ४ हजार ३ सय ६४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । हाल देशभर २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ सय ९० जना पुगेको छ ।
Related Posts
- जेष्ठ नागरिकलाई कोरोना भाइरस (काेभिड-१९) विरुद्धको खोप
- रसुवा सहित सात जिल्ला कोरोना संक्रमण मुक्त
- संक्रमितको सम्पर्कमा आएकाहरूमा कोरोना नसरेको पुष्टि
- नेपालमा आज ७ सय ४३ जनामा कोरोना कुल ३२ हजार नाघ्याे
- बन्दाबन्दीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य राहत नपाएको गुनासो
- नेपालमा हालसम्म १ सय ३७ जना कोरोना संक्रमितको मृत्यु