को को भिड्दैछन अखिलमा अध्यक्षदेखि केन्द्रिय सदस्यसम्म

ANNFSU

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा चुनावी सरगर्मी सुरु भएको छ । आगामी माघ २७ देखि २९ गतेसम्म राजधानीमा हुने २२ औं महाधिवेशनबाट अध्यक्ष बन्न तीन जना हस्ती दौडमा छन् ।

केन्द्रीय सदस्यमा रसुवाबाट सुरेश अधिकारी पनि भिड्ने भएका छन् । रसुवाबाट केन्द्रीय सदस्यमा भिड्ने यसरी पुर्व घोषणा गर्ने अधिकारी सम्भवत पहिलो विद्यार्थी नेता हुन् । उनी एनआर कलेजबाट विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

श्रोतका अनुसार अन्तिम चुनावी प्रतिष्पर्धा गौतम र लामाबीचमा हुनेछ भने महर उपाध्यक्ष दोहोरिने छन् । त्यसो त ओली क्याम्पमा महर र लामामध्ये एक जनालाई अध्यक्षको उम्मेदवार बनाएर एक जनालाई पार्टीमा जिम्मेवारी दिनेबारे पनि छलफल भैरहेको छ ।

अध्यक्षको दौडमा रहेका गौतम र लामा दुबै काभ्रेली हुन् भने महर सुदुरपश्चिमका । महासचिवका लागि एक दर्जन नेताहरु टिकट लिने होडबाजीमा छन् । माधव नेपाल समुहबाट अनुशासन आयोग अध्यक्ष रहेका जीवन राई, सचिव सरोज यादव, राधिका खतिवडा, अब्दुल हुुसेन र भक्तकुमारी लामाले महासचिवको टिकटका लागि लबिङ गरिरहेका छन । यीमध्ये जीवन राईलाई महासचिवको प्रबल दावेदार मानिएको छ ।

उनले महासचिवको टिकट पाउने पक्का जस्तै रहेको श्रोतले बतायो । महासचिवका अन्य आकांक्षीहरु भने उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । उता, केपी ओली रश्मिी आचार्य र महेश बर्तौला महासचिवको दावेदारका रुपमा देखिएका छन् । महर उपाध्यक्ष भएको खण्डमा उनको प्रस्तावमा महेश बर्तौलाले टिकट पाउनेछन् । महर अध्यक्षको उम्मेदवार बनेको खण्डमा भने रश्मी आचार्यले महासचिवको टिकट पाउने छन् ।

माधव नेपालको समुहबाट सरोज यादव, अब्दुल हुसेन, राधिका खतिवडा र भक्तकुमारी लामा स्वतः उपाध्यक्षको उम्मेदवार बन्नेछन् । यद्यपी हालसम्म भने सबैले महासचिवको दावेदारी छाडेका छैनन् ।

उता, ओली समुहबाट शैलेश लामा, महेश बर्तौला, रश्मी आचार्य, तुल्सीराम मैनाली र सुुनिता बरालले उपाध्यक्षको उम्मेदवारी पक्का गर्नेछन् ।

सचिवमा नेपाल समुहबाट सुदेश पराजुली, ओसिम आलम, एसु लामा, प्रेम प्रधान, आरती लामा, कमल शाही, प्रकाश शाही, हिरेन्द्र शाही, सिता थापा, अशेष घिमिरे, भिम रावल, शिवजी गुप्ता र दिनेश आचार्यले टिकट पाउने सम्भाावना रहेको छ ।

ओली समुहबाट भने मकर खड्का, बसन्त ढकाल, कमला बोहरा, अमृता बराल, निशा अधिकारी, वाङछु योञ्जन, झपिन्द्र खत्रि, समिक बडाल, आरसी लामिछाने, अमृत बुढा र दुर्गानन्द ठाकुरले सचिवका लागि कसरत गरिरहेका छन् ।

कोषाध्यक्षमा भने नेपाल समुहबाट प्रेम प्रधान, दिनेश आचार्य र हिरेन्द्र शाही तथा गौतम राईमध्ये एक जनाले टिकट लिनेछन् । ओली क्याम्पबाट भने झपिन्द्र खत्रि, सम्झना अधिकारी र गोबिन्द गीरीमध्ये एक जनाले टिकट पाउनेछन् । अनुशासन आयोगमा भने नेपाल समुहबाट गिरेन्द्र बहादुर राईको नाम मात्रै चर्चामा छ ।

माधव नेपाल समुहका सचिवलाय सदस्यका उम्मेदवारहरु

बिनोद खुलाल, महेश श्रेष्ठ, प्रवेज आलम अंसारी, संगीता पाख्रिन, कल्याण दाहाल, हेमन्त रेग्मी, करुणा पराजुली, कमलमणी गौतम, मेरिका राई, केसरी रेग्मी, सुशिला चौधरी, बलराम बेलबासे र शिव पौडेल, सिएम भट्ट, टिका थापा, किशोर टण्डन, देवराज न्यौपाने, सुनिल लामिछाने, जुन तामाङ, रजुला जोशी, गणेश सेढाईँ, रमेश बटाला, लोकेश निरौला, मदन खड्का, गिता राई, सुशिल थापा, रंग अधिकारी, नवराज नेपाल, शिषिर भण्डारी, राजकुमार शर्मा, कुमार पौडेल, दान बहादुर थापा ।

ओली समुहका सचिवालय सदस्यका उम्मेदवारहरु
सन्दन थापा, बिनिता तामाङ, हरि लिम्बु, सरिता सापकोटा, कल्पना वाईबा, नारायण घर्ती , डम्बर अधिकारी, सुदर्शन सिवाकोटी, आद्रता रेग्मी, भाष्कर खनाल, रबि खनाल, सुजन भट्टराई, सरिता पुरी, अर्जुन अधिकारी, मर्यादा बिष्ट, सुदिप शर्मा, कल्पना थापा, युवराज कुँवर, उदेश राई छन ।

नेपाल समुहका केन्द्रिय सदस्यका उम्मेदवारहरु

अशोक थापा, प्रकाश शाही, भुपेन्द्र शाही, राजकुमार लामिछाने, सन्तोष तिमल्सिना, ज्ञानभक्त डंगोल, अनिता गिरी, निशा चापागाईँ, भक्त बहादुर रावत, रेखा न्यौपाने, उत्तर खड्का, प्रेम शर्मा पौडेल ।

ओली समुहका केन्द्रिय सदस्यका उम्मेदवारहरु
प्रज्वल फुयाल, बसन्त न्यौपाने, प्रकाश भुजेल, पंकज भण्डारी, राजन रोकाया, सुरेश अधिकारी, कमला गौतम, अभिषेक सुवेदी, साजन पुरी, केशरा ज्ञवली रहेका छन् ।

रसुवामा पनि लाग्यो सम्मेलन
अखिलको केन्द्रीय २२ औं महाधिवेशनको तयारीका क्रममा भएको सम्मेलन आयोक कमिटी रसुवाको तेस्रो बैठकबाट जिल्लाका सवै मावि उच्चमाविका संगठन सक्रिय रुपमा राख्ने, सम्मेलन प्रचार गर्ने जस्ता निणर्य भएको प्रचार प्रसार संयोजक सुरेश अधिकारीले बताए । बनिबार कालिकास्थानमा भएको बैठकमा प्रतिनिधी छनौट माघ ६ गते हुने, संगठनले तत्काल प्रशिक्षण गर्ने जस्ता विषयमा छलफल भएको जनाईएको छ । केनद्रीय सचिवालय सदस्य तथा महिला बिभाग प्रमुख कमला बोहोरा, केन्द्रीय सदस्य माधव पन्त , पश्चिम बाग्मतीका सह ईन्चार्ज रमेश प्रधान सहभागी थिए ।

Comments

comments