क्वारेन्टाइनको क्षमता भन्दा बढी व्यवस्थापनमा समस्या

95575418_1128416264158237_5859210426906050560_n

रसुवा, क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा समस्या सिर्जना भएको छ । आइतबार नेपाली कांग्रेस रसुवाले ३ सय ८७ जनालाई जिल्लामा ल्याएपछि व्यवस्थापनमा समस्या देखिएको हो ।

जिल्लामा आइतबारसम्ममा २ सय १० शैयाको क्वारेन्टाइन निर्माण भएको थियो । जसमा १ सय ७ जना बसिसकेका थिए । क्वारन्टाइनको क्षमताको आधारमा व्यवस्थापन गर्ने काम भइरहेको भएपनि नौकुण्ड गाउँपालिकामा ठूलो संख्यामा स्थानीय आएपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउँनुभयाे  ।

प्रतिनिधीसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङलगायतले सामाजिक संजालमा सम्पर्क नं राखेर जिल्ला जानेले सम्पर्क राख्न भनेपछि धेरै जना भित्रिएका हुन् ।

IMG_0739

‘नौकुण्ड गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन छ’, उहाँले भन्नुभयाे , ‘अहिले १ सय ८७ जना आएका छन् ।’ नौकुण्डमा क्वारेन्टाइन निर्माण भएपछि मात्र आएका व्यक्तिले प्रवेश पाउने उनको भनाइ छ । नौकुण्ड जानका लागि काठमाडौंबाट आएकालाई बेत्रावतीमा नै राखिएको छ ।

क्वारेन्टाइन निर्माण भएपछि बेत्रावतीमा राखिएका सबै व्यक्तिलाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा राखिने तयारी छ । पार्टीले लकडाउनको कारण काठमाडौं समस्यामा परेका व्यक्तिलाई आइतबार ल्याएको हो । आएकामध्ये १ सय ५९ को व्यवस्थापन भइसकेको छ । आएकामध्ये थाम्बुचेतमा ७१, टिमुरेमा १५, डाँडागाउँमा २४, प्रतिनिधि सभा सदस्य मोहन आचार्यको घरमा २४, कालिकामा ३४ र स्याफ्रुमा १ जनालाई राखिसकिएको छ ।

यसैगरी कोभिड सूचना केन्द्र रसुवाका अनुसार हालसम्म जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेमा ६७, टिमुरेमा १५, स्याफ्रुमा १०, कालिकाको कालिस्थानमा ५८, उत्तरगयाको डाँडागाउँमा २४, लहरेपौवामा २४, आमाछोदिङ्मोको थाम्बुचेतमा ७४ जना क्वारेन्टाइनमा राखिसकिएको छ ।IMG_0779

Comments

comments