क्वारेन्टाइनबाट घरघरमा

IMG_0779

ज्ञानेन्द्र न्याैपाने
रसुवा,२१ वैशाख : काेभिड-१९ नियन्त्रणका लागि गाेसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई अाज बिहानबाट अा- अाफ्ना घरहरूमा पठाएकाे छ।
उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिर बाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन सरकारी क्वारेन्टाइनमा राख्ने जिल्ला बिपद् व्यवस्थापन समितिकाे निर्णय कार्यान्वयन जादाँ धुञ्चे,स्याफ्रुवेँसी तथा टिमुरेमा राखिएका सबै नागरिक लाई बाध्यात्मक परिस्थितिका कारण अा -अाफ्ना घर तर्फ पठाइएकाे हाे।
अन्य गाउँपालिकाले यहि वैशाख १४ गते रसुवा भित्र्याएका नागरिकलाई सिध्धै अा – अाफ्ना घरमा जान अनुमति दिई सकेकाे अवस्थामा गाेसाइँकुण्ड गापाले मात्र राख्न नहुने जनअावाज अाएपछि एक हप्ता धुञ्चे, स्याफ्रुवेँसी तथा टिमुरेकाे क्वारेन्टाइनमा बसिसकेका ८४ जना स्थानीय नागरिकलाई अा- अाफ्ना घरजाने अनुमति दिइएकाे बताइएको छ।
चिकित्सकबाट उनी हरूकाे स्वास्थ्य परिक्षण गराई ताेकिएकाे अवधि सम्म सुरक्षित तवरले हाेम क्वारेन्टाइनमा बस्नुपर्ने र १४ दिन पुगेपछि अारडिटि परिक्षण गराउनु पर्ने शर्तमा स्थानान्तरण गरिएकाे गापा अध्यक्ष तामाङले बताउनु भयाे।
यहि वैशाख १४ गते एकसाथ ११ वटा यात्रुबाहक बसबाट ल्याइएका स्थानीयवासी मध्ये नाैकुण्ड गापाकाे ठूलाेभाेर्ले पुगेका ७३ जना अा- अाफ्नाे घरमा सिधै गई इस्टमित्र भेटघाटका लागि गाउँटाेल घुम्न थालेपछि गाउँवासीमा त्रासबढेकाे ठूलाेभाेर्लेका राजेन्द्र रानाले बताउनु भयाे ।
सामाजिक दुरी कायम राख्दै उच्च मनाेवलका साथ काेराेना भाइरस संग लड्ने शारीरिक उर्जासक्ति बढाउन चिकित्सकले दिएकाे सुझाव कार्यान्वयन गर्नुपर्ने अवस्थामा सामाजिक रूपले थपत्रास बढेकाे पनि रानाले जानकारी दिनु भयाे ।
नाैकुण्ड गापा वडा नं ५ का वडा अध्यक्ष घाेण्टे ग्याम्दानले भने भाेर्लेमा प्रयाप्त क्वारेन्टाइनकाे व्यवस्थापन नसकेकाे र रातकाे समयमा एकैपटक ठूलो संख्यामा स्थानीय नागरिक अाएका कारण घर परिवारबाट अलग बस्ने शर्तमा ती नागरिकलाई हाेम क्वारेन्टाइनमा पठाई वडा कार्यालयले अनुगमान गरि रहेकाे जानकारी दिनु भयाे ।
अा- अाफ्ना बास स्थानमा बसेका सबै नागरिककाे शारीरिक अवस्था स्वस्थ्य रहेकाे अध्यक्ष ग्याम्दानले बताउनु भयाे ।
यसैगरी दक्षिणी भेककाे कालिका एवं उत्तरगया गाउँपालिका क्षेत्रकाे क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकलाई हाेम क्वारेन्टाइनमा स्थानान्तरण गरिएकाे सम्बन्धित गापाले जनाएका छन् ।
पास पाएका र पाैच पुगेका व्यक्ति काठमाडाैँ -रसुवा पटक पटक अाउजाउ गर्ने र काठमाडाैँमा मजदुरी गरि गृह जिल्ला अाएका बिपन्न रसुवाली नागरिकलाई भने क्वारेन्टाइनमा राख्न नहुँने चर्काे जन अावाज उठेपछि १४ दिन हाेम क्वारेन्टाइन बस्ने शर्तमा सबैजना स्थानान्तरण गरिएकाे उत्तरगया गाउँपालिकाले जनाएकाे छ।
गापा अध्यक्ष उपेन्द्र लम्सालका अनुसार पछिल्लाे समय रसुवा प्रबेश गरेका सबै स्थानीय नागरिककाे स्वास्थ्य परिक्षण भने सम्पन्न गरिएकाे छ।
क्वारेन्टाइनमा राखेकाे तीन सय १९ स्थानीय नागरिक सबै हाेम क्वारेन्टाइनमा गई सकेकाे जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएकाे छ ।

Comments

comments