बिस्थापितलाई न्यानो सहयोग

IMG_8191

IMG_8212
२१ पुस, २०७२ कालिकास्थान, रसुवा ।

हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको छ ।

न्यानो कपडा अभावले बढ्दो चिसो मौसमसँगै विस्थापित शिविरमा बसोबास गरेका भूमिहीनको दैनिकी कष्ठकर बन्दै गएको छ । यसबाट अझ बढी बृद्धबृद्धा, महिला, सुत्केरी, बालबालिकाहरुलाई प्रभावित भएका छन् । मंगलबार शिविरमै पुगी न्यानो व्लाङ्केट वितरण गरिएपछि विस्थापितहरु खुसी काभ्रे क्याम्पका संयोजक बमबहादुर तामाङले बताए ।

न्यानो सहयोग अन्तर्गतको व्लाङ्केट काठमाडौंस्थित युथ एक्सन नेपाल र क्इक भोलेन्टिएर टिमले सहयोग सङ्कलन गरी पठाएका थिए भने स्थानीयस्तरमा वितरण गर्नको लागि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, भूमि अधिकार मञ्च र लाङटाङन्युज डटकम अनलाइनका टिमले समन्वय गरेका थिए ।IMG_8190

क्इक भोलेन्टिएर टिमले भूकम्प प्रभावित क्षेत्रमा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण थालेकोछ । भोलेन्टिएर टिमले यसअघि हाकु गाविसबाट विस्थापित भई आएका र बेत्रावती सातबीसे र बोगटीटारको क्याम्पमा पनि व्लाङ्केट तथा कपडा वितरण गरेको थियो । यस कार्यलाई निरन्तरता दिने र बाँकी र अति अभाव भएका ठाउँमा क्रमशः वितरण गर्दै जाने क्इक भोलेन्टिएर टिमका संयोजक अरुण खड्काले बताए ।

Comments

comments