खजूर खेती गर्ने हो ?

खजूर खेती गर्ने हो ?

टुप्पामा मात्र बाँसको ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहएका जस्ता फल फल्ने स्तम्भ जस्तो ठूलो काण्ड हुने एक बोटलाई “खजूर“ भनिन्छ । संस्कृतमा यसलाई खर्जूर भन्दछन् । अंग्रेजीमा यसको नाम डेट हो । यसको वैज्ञानिक नाम फिनिक्स डेक्टिलीफेरा र फिनिक्स सिल्वेस्ट्रिस हो । यो वनस्पति एरिकेसी परिवार समूहमा पर्दछ । विश्वका मिश्र, इराक, स्पेन, इटाली, चीन, अमेरिका, अस्ट्रेलिया र अरबमा खजूरको उत्पादन धेरै हुन्छ । भारतको पंजाब र सिन्धमा पनि यसको उत्पादन हुन्छ । नेपालमा हालसम्म खजूरको व्यावसायिक खेति गरेको पाइएको छैन । खजूरको रुख नरिवल या ताडीको जस्तो हुन्छ । यो रुख ३० देखि ५० फिटसम्म अग्लो हुन्छ । यसको थाम खास कडा काठको नभएर तन्तुहरु मिलेर बनेको हुन्छ । पातको भित्रको स्थाइ मूल भागमा बनेको तना मेैलो हुन्छ । यो तीन फीटसम्म चौडा हुन्छ । यसको पात १०–१५ फीट लामो हुन्छ । रुख अनुसार फूल सानो हुन्छ, तर बस्नादार हुन्छ, फल ठूलो हुन्छ, गुदी धेरै हुन्छ, बिउ कडा, लामो दुबै टुप्पामा गोलो हुन्छ । खजूर दुई प्रकारका हुन्छन् । सानो र ठूली खजूरको फलमा गुदी धेरै हुन्छ । फल ठूलो हुन्छ । यही फल सुकाएर छोहरा बनाउने हो । खजूर एउटा फल मात्र नभएर पौष्टिक मेवा पनि हो । यसैलाई गरिबको पाक भन्दछन् । अरु फल भन्दा यो फल सस्तो र सर्ब सुलभ हुन्छ । खजूरको रुखको टुप्पामा चढेर घाउ बनाएर रस निकालेर घैटामा जम्मा गरेर खान्छन् । बिक्री पनि गर्छन् । यसैलाई ताडी भन्दछन्। यसले रक्सिको काम गर्छ ।

आयुर्वेदको भनाइ अनुसार खजूर एक स्वादिष्ट, पौष्टिक, मधुर, शीतल, मीठो, तृप्तिकारक, स्निग्ध (चिल्लो), गुरु, वात, पित्त कफ नाशक, हृदयलाई तागत दिने, क्षय, रक्तपित्त, शोध र शरीरको तातो हटाउने गुण हुन्छ । यसका साथै नाडी बलदायक, मस्तिष्क शामक, वातहर, मुच्र्छा, मस्तिष्क दुर्वलता, मुटु, भ्रम, कटिशूल, साइटिका, दम, खोकि, ज्वरो र पिसाब पोल्ने समस्या समाधान गर्छ । वैज्ञानिक मतअनुसार खजूरको रासायनिक विश्लेषण गर्दा थाहा हुन्छ कि चिनी ६७ प्रतिशत, प्रोटिन ५ प्रतिशत, बोसो २ प्रतिशत, खनिज पर्दाथ १.३ प्रतिशत पाइन्छ । साथै अन्य अल्पमात्रामा पाइने वस्तुहरुमा क्याल्सियम, फलाम, फस्फोरस, भिटामिन ए.बि र सी हुन् । पूरापाकेको खजूरमा चिनिको मात्रा ८५ प्रतिशतसम्म हुन्छ । १०० ग्राम खजूर खाँदा २८५ क्यालोरी उर्जा प्राप्त हुन्छ । औषधिहरुमा–खजूर पाक, खजूरादि घृत र खजू घनसत्व हुन् ।

रुघा खोकी लाग्यो अथवा दमले दुःख दियो भने खजूरको एक गिलास दूध रामा्रे संग पकाएर खानुपर्छ । दूध पिएर मुख ढाकेर सुत्नुपर्छ । टाउको दुखेमा खजूरको गेडो पानीमा घोटेर टाउकोमा लेप लगाउने । मोटाउन मन लागेमा एक कप दूधमा २ दाना खजूर तताएर साँझ बिहान खानु पर्छ । जाडोमा बढी काम गर्छ । विस्तारमा पिसाब आउने अथवा पटक पटक पिसाब आउने भएमा दिनको दूइ पटक २–२ वटा खजूर खानु पर्दछ । दम भएको मानिसले खजूरलाई धूलो बनाएर पानमा राखेर खानाले फाइदा गर्छ । वीर्य दोष वा सिघ्र पतनको समस्या छ भने २–२ दाना छोहोरा दिनको ३–४ पटक तातो दूधसंग खाएमा राम्रो हुन्छ ।

खाडी मुलुकमा अत्याधिक युवाहरु जाने भएका कारण यो फलसँगै प्राय सबै परिचित छन् । यसलाई उपहारको रुपमा पनि लिएर आउने गरिएको छ । यसको सम्भावनालाई अध्ययन गर्दै नेपालमा पनि यसको खेती गरेमा बजार पाउने सम्भावना पनि प्रसस्त हुन सक्छ । आधुनिक खेतीमा लाग्न चाहने युवाहरुले अरुले नै खेती गर्दै आएको बाली नै उत्पादन गरेर प्रतिष्पर्धा निम्त्याउनु भन्दा यस्ता फलहरुको उत्पादनमा लागे फाईदा हुन सक्छ ।

एजेन्सीहरू

Comments

comments