पतिले खानामा विष मिसाएर खुवाएको आरोपमा प्रहरीमा उजुरी

कालिका गाउँपालिका–५ जिवजिवेकी २२ वर्षीया याङजेन तामाङले उनका पतिद्वारा विष खुवाइएकाे आरोपमा लगाएकी छिन् ।  बुधबार साँझ रसुवा अस्पताल भर्ना गरिएको हो ।

पतिले बिष सेवन गराएकाे भन्दै सदरमुकाम पुगेकी थिइन् । बुधबार बिहान घर झगडा पछि उनका श्रीमान पेम्बा तामाङले खानामा विष मिसाएर खुवाएको आरोप लगाएकाे प्रहरीले जनाएको छ । ‘मलाई खानामा विष मिसाएर खुवाएको थाहा थिएन’, उनले भनिन्, ‘खाना खाए पछि मुख सुनिन थाल्यो भित्र पुरै पोलेपछि विष मिसाएको भन्ने थाहा पाएँ ।’

उनको तीन वर्षको छोरा छ । छोरालाई विष मिसाएको खाना नपरेको उनको भनाइ छ । यसअघि पनि दुई पटकसम्म प्रहरीमा निवेदन दिएकी थिइन् । दुई पटक नै मिलापत्र गरेर छाडिएको थियो । उनलाई बुधबार दिउँसो कालिकास्थान प्रहरी चौकीले धुन्चे पठाएको थियो । धुन्चे आएपछि उनले जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छिन् । परिवारको कुरा सुनेर सधैंजसो कुट्ने घरेलु हिंसा गरेको उनले बताएकी छिन् । अस्पतालमा उपचारपछि अनुशन्धान गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले बताउनुभयाे ।

Comments

comments