खानेपानीको मुहानमा फोहोर फाल्न राेक्नु पर्ने माग

पानी
रसुवा, मंसिर ४ – रसुवाको कालिका गाउँपालिका -३ कटुन्जेका नागिरकहरुले धोवीखोलामा फोहोर फाल्न राेक्नुपर्ने माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

लाङ्सेखोला कटुञ्जे खानेपानीको मुहान रहेको स्थान भन्दा लगभग सय मिटर माथि फोहोर फालेको भन्दै उपभोक्ता समितिले गाउँपालिकालाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । कालिकास्थान, घुम्ती बजारकाको फोहोर त्यस क्षेत्रमा फालिँदै आएको छ । दर्जनाै‌ खानेपानीका याेजना रहेका क्षेत्रमा तत्कालै फाेहाेर फाल्न राेकेर डम्पिङ् साइडमा फाेहाेर फाल्न उनीहरुले माग गरेका हुन् ।

गाउँपालिकाकाे  गाडीमा लगेर फाेहाेर फाल्न थालेपछि गाउँलेकाे स्वास्थ्यमा पनि असर देखिएकाे भन्दै गाउँपालिका कार्यबाहक अध्यक्षा भवानीप्रसाद न्याैपानेलाइ ज्ञापनपत्र बुझाउदै एक सय २७ घरधुरीले यस मुहानको पानी प्रयोग गर्दै आएका लाङ्सेखोला कटुञ्जे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खेमराज न्यौपानेले बताए । सात दिनभित्र माग सम्बोधन नभएमा आन्दोलनमा उत्रने उनको भनाइ छ । उपभाेक्ताहरुले तत्कालै माग पुरा नभए अान्दाेलन गर्ने जनाएका छन् ।

पानीमा फोहोर मिसिँदा स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेकोले फोहोरमैला तत्काल व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले एक साताभित्र कार्यपालिकाको बैठक बसेर समस्याको समाधान गर्ने बताए ।

कालिका प्रहरी चाैकी क्षेत्रमा एउटा डम्फिङ साइड निर्माण भइरहेकाे छ भने बिकल्गपकाे रुपमा  पानीकाे स्राेत नभएकाे ठाउँमा डम्फिङ साइड बनाउनु पर्ने सहभागीहरुले बताए । धाेबी खाेला मुहान गरी उत्तरगया र कालिका गाउँपालिकाकाे बिभिन्न गाउँमा खानेपानी याेजना सञ्चालित छन् ।

Comments

comments