खाेलामा लास फेला

०७७ बैशाख ५ गते । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का १८ वर्षीय सरोज तामाङ आमाछोदिङ्मो गाउँपालिका–४, सान्जेन खोला खोलामा डुबेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएकाे छ ।

हिजाे आमाछोदिङ्मो गाउँपालिका–४ सान्जेन खोला क्षेत्रमा दाउरा संकलन गर्न पुगेका उनको शुक्रबार बिहान ७ बजे खोलामा डुबेको अवस्थामा

 मृतककाे लास  फेला परेको प्रहरीले जनाएको छ। तामाङ हराएको सूचना पाएपछि प्रहरी र स्थानीयले खोजी कार्य गरेका थिए।  खोलामा शव फेला परेको खबर आएपछि प्रहरी निरीक्षक सरोज गिरीको टोलीले घटनास्थलमा पुगेर शव जाँच प्रकृति मुचुल्का उठाएको थियो। शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ।

Comments

comments