खुकुरी प्रहार गरी एमाले कार्यकर्ता गम्भीर घाईते ,घटनाको बिरोधमा रसुवा बन्द

रसुवा । गोसाँईकुण्ड गाउँ पालिका वडा नं ५ का २५ वर्षीय फुर्पुसाङबो घलेलाई ०७४ जेठ ५ गते मोटरसाइकलमा आएका सोही गाउँका दुई युवाले घरमा बसिरहेको अवस्थमा खुकुरीले आक्रमण गरी गम्भीर घाईते बनाए ।

घाइतेको टाउकोमा चोट लागेको छ । जिल्ला अस्पतालमा सामान्य उपचार पछि हिजो नै घाईतेको राजधानी स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । स्थानीय निर्वाचनको विषयलाई लिएर खुकुरी प्रहार भएको स्थानीयले बताए ।

आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले भगाएको भन्दै आज नेकपा एमालेले रसुवा बन्द गरेको छ । घटनाका दोषीलाई गिरफ्तार गरी कानुनी कारवाही नथालेसम्म जिल्ला अनिश्चितकालसम्म बन्द गरिएको एमाले अध्यक्ष कन्र्याल लामाले बताए ।

नौकुण्ड गाउँ पालिका १ का नेपाली काँग्रेस कार्यकर्ता २० वर्षीय जयराम घले, २० वर्षीय श्यामलाल घलेलाई घरमा खाना खाईरहेको अवस्थामा सो गाउँ पालिका वडा नं १ का शंकर लामा, बिबिकाजी लोप्चन समेत ७/८ जनाको समूहमा आएको समूहले खुकुरी लाठी प्रहार गरी गम्भीर घाईते बनाएर परार भए । परारहरुलाई खोजी गर्ने क्रममा शंकर र बिबिकाजी लोप्चनलाई प्रहरीले पक्राउन गरी अनुशन्धान गरिरहेको छ ।

गोसाँईकुण्ड गाउँ पालिका ५ स्थित स्याफ्रुका ३५ वर्षीय नेपाली काँग्रेस कार्यकर्ता सिरवाङदी तामाङ, १७ वर्षीय छिरिङ घलेले स्थानीय एमाले कार्यकर्ता फुर्पा स्याङबो तामाङलाई खुकुरी प्रहरा गरी घाईते बनाई फरार रहेकोमा १० वर्षीय छिरिङ घलेलाई प्रहरीले पक्राउ परेको र अन्य फरारको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुवै घटना स्थानीय निकायको निर्वाचनसँग सम्बन्धित आग्रह र पूर्वाग्रहका कारण भएको अनुमान छ ।

Comments

comments