खुल्ने बित्तिकै बन्द रसुवागढी नाका

IMG_5921

धुन्चे, रसुवा
बैशाख १२ गतेको विनाशकारी भूकम्प पछि बन्द रहेको रसुवागढी नाका आजबाट खुल्ला भएको छ ।

भूकम्पबाट रसुवागढी आसपासमा र चीनको केरुङतर्फ बिभिन्न स्थानमा सडक क्षती भएकोले नाका बन्द अवस्थामा रहेको थियो । बिहिबार नाका खुल्ला भएप
छि चीन सरकारले ६ वटा ट्रकमा खाने तेल, नुन र चामल गरी ५० टन खाद्यान्न समेत नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

रसुवागढी सिमानामा भएको दुई पक्षमा छलफल पछि नाका खुल्ला गरेको भनिएपनि केरुङतर्फको फर्केर धुन्चे आईपुग्दा नै चीनको तर्फबाट सडकको दुराअवस्था जनाउँदै बन्द गरेको खबर आयो प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले भने ‘ सडकमा समस्या देखाएर सुचारु गर्न नसकेको खबरआयो ।’
चीन सरकारकातर्फबाट उप माहासचिव छ्याङदनले नेपाल सरकारका तर्फबाट वाणिज्य मन्त्रालयका सह–सचिव जीवराज कोईरालालाई ५० टन १करोड ६० लाख रुपैयाँ बरावरको खाद्यान्न हस्तान्तरण गरेका थिए ।

नेपाल चीन सिमानाको रसुवागढीमा प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, प्रहरी नावय उपरीक्षक अबदेश बिष्ट, नेपाली सेना , भन्सार , अद्यागमन बिभागका कर्मचारीलगायत स्थानीयको सहभागीता रहेको भने शसस्त्र प्रहरीले सिमा सुरक्षा बेस क्याम्पका लागी टिमुरेमा भवन निर्माणमा जुटेको छ ।

यद्यपि विनाशकारी भूकम्प पछिको सुख्खा पहिरोमा पुरिएका ६ वटा कन्टेनर र पुरिएका शवको उत्खनन अझै हुन नसकेकोमा ब्यापारीहरूले गुनासो गरेका छन् । यस अघिदेखि दैनिक पचास लाख भन्दा बढि राजश्व अशुली हुने नाक बन्द हुँदा राजश्व घाटा हुन पगेको छ । ब्यापारीले रसुवागढी नाका बाट सामान निकासी पैठारी हुने ब्यापारीहरू बताउँछन् ।

Comments

comments